Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

युवाहरुकाे सक्रियतामा दशकाैं पछि कठरिया बस्तीमा बन्ना डाेलाकाे राैनक

0 163

टीआर कठरिया, २५ सावन ।।
झुला झुले अबध बिहारी सँघमे जनक दुलारी न
काहिनके डाेरि, काहिनके पटरा, कउन झुलाबे हार
झुला झुले अबध बिहारी सँघमे जनक दुलारी न

झुला झुले अबध बिहारी सँघमे जनक दुलारी न
रेशमके डाेरि, चन्दनके लागे पटरा, झुले बारि बरि न
झुला झुले अबध बिहारी सँघमे जनक दुलारी न

एउटा समय थियाे कठरिया समुदायकाे बासाेबास रहेकाे बस्तीहरुमा यी अनि यस्तै सावनकाे महिनामा गाइने सावन डाेलाकाे गितले गाउँ नै गुल्जार हुने गरेकाे थियाे । जुन समयमा सावनकाे डाेला अर्थात बन्ना डाेला (पिङ्ग) झुल्नका लागि दिदीबहिनीहरुकाे ठुलाे भिंड गाउँकाे एक ठाउँमा जम्मा हुने गरेकाे थियाे जहाँ डाेला हालिएकाे हुन्थ्याे ।

आफ्नै हस्तकलाले बनाईएका पाेसाक गरगहना नेंहगा, अंगिया र सिर देखि पाउ सम्मकै विभिन्न खाले माैलिक गरगहनामा कठरिया महिलाहरु एक पाख (१५ दिन) सम्म डाेला झुल्दै दुख, सुख साँटासाँट गर्ने गर्दथें ती दिनहरुमा । दाजुभाईले समेत पचैंयाँ (गुडिया, गुरही, गुरिया, नागपञ्चमी) नआउँदा सम्म आफैले बनाइ दिएका पिङ्ग खेल्न आफ्ना छाेरी, चेलिहरुलाई सहयाेग गर्दथें ।

तर समय अहिले फेरिएकाे छ, कठरिया बस्तीहरुमा न त बन्ना डाेला नै देख्न पाईन्छ, न त ती लाेकगितहरु सुन्न नै पाईन्छ जसले सावनलाई चैनार (थप रमाईलाे) बनाएका थिए । पश्चिम नेपालकाे कैलालीमा प्रमुख बासाेबास रहेकाे कठरिया समुदायका पुराना रिती, संस्कृति र संस्कारहरु दिनानुदिन ओझेलमा पर्दै गएकाे देखिन्छ । आधुनिकरण र बहुसंख्यक समुदायकाे दैनिकी देखासिकीकाे चपेटामा कठरिया संस्कृति ओझेलमा पर्दै गएकाे ८० बर्षिय बुद्धिजीवी घनबहादुर कठरियाले बताए ।

उनले आईतवार सिसैया गाउँमा लगभग ५० बर्ष भन्दा बढि समय पछि हालिएकाे सावन (बन्ना) डाेला उद्घाटनकाे माैका छाेपेर कठरिया सन्देश सँग कुरा गर्दै साे कुरा बताएका हुन् । मैले आफ्नाे जिवनकालमा फेरि पनि सावन डाेलाकाे राैनक गाउँमा हेर्न पाउँला साेचेकाे पनि थिएन् तर फाटफुट कठरिया गाउँमा बन्ना डाेलाकाे राैनक देख्दा मन साह्रै आनन्दित भएकाे उनी सुनाउँछन् ।

पछिल्लाे समय कठरिया युवाहरुले आफ्नाे संस्कृति र संस्कार बारे चाँसाे राख्न थालेपछि केही कठरिया गाउँमा लगभग ५०/५५ बर्षपछि सावनकाे डाेला हाल्न थालिएकाे छ । पचैंयाँमा सावनकाे डाेला थाप्ने चलन हाम्राे समुदायमा पुर्णतया बिस्थापित भईसकेकाे छ । यस बारे युवा, पिढीमा कुनै किसिमकाे जानकारी नभएकाे वर्तमान अवस्थामा आफुहरुले लामाे समय बुद्धिजीवीहरु सँगकाे सहकार्यमा डाेला डरना (पिङ्ग हाल्ने) प्रयास गरेकाे सिसैयाका युवा राजेन्द्र कठरिया बताउँछन् ।

यसैबिच सिसैयाबाट सुरुवात भएतापनि हाम्रा चालचलनहरु बुद्धिजीवीहरु सँग साेधपुछ गरि निरन्तरता दिनु पर्ने उनी बताउँछन् । सावनकाे डाेला मै पनि केही कुराहरु परिमार्जनकाे आवश्यकता देखा परेपछि आफुहरुले समय सुहाउँदो परिमार्जन गरेका छाैं । पहिले काठकाे पटरा (फ्ल्याक), पटेलामा रसि बाँधेर पिङ्ग खेल्ने गरिएकाे थियाे । तर अहिले साेहि क्रमलाई दाेहार्याए दुर्घटनाकाे जाेखिम हुनसक्ने भन्दै पटेलाकाे सट्टामा आराम बेन्च प्रयाेग गरेका छाैं । संस्कृति, संस्कारका राम्रा पक्षहरुलाई निरन्तरता र कमि, कमजाेरीहरुलाई सुधार गर्दै लैजानु नै आजकाे आवश्यकता हाे उनले भने ।

उता, कैलालीको कैलारी गाउँपालिका वडा नं. ५ पवेरा गाउँमा समेत सावन डाेला हालिएकाे छ । कठरिया परम्परागत ताैरतरिकाले पचैंयाँकाे अवसरमा हालिएकाे साे डाेलाकाे बुधवार गाउँपालिका अध्यक्ष राजसमझ चाैधरीले उद्घाटन गरेका हुन् । दशकाैं पछि कठरिया युवाहरु आफ्नाे संस्कृति र संस्कार प्रति जिम्मेवार भएकाे देखिन थालेकाे कठरिया बुद्धिजीवीहरु बताउँछन् । पवेरा र सिसैया मात्रै नभई सबै कठरिया गाउँहरुमा फेरि पनि पिङ्ग हालेर, माैलिकता संरक्षण गर्दै पचैंयाँ मनाउनु पर्ने देखिन्छ । यस बिषयमा बुद्धिजीवीहरुले आफुहरुले जानेबुझेका ज्ञान, सीप र परम्पराहरुलाई युवाहरुलाई सिकाउन र युवाहरुले सिक्न कन्जुस्याइँ नगर्नुपर्ने उनिहरुकाे तर्क छ ।

के हाे सावन डाेला ?
कठरिया समुदायकाे सबैभन्दा ठुलाे पर्वकाे रुपमा रहेकाे पचैंया (गुडिया) मा दिदीबहिनी हरुले आफ्ना दाजुभाई काे दिर्घायुकाे लागि व्रत बस्ने चलन रहिआएकाे छ । बर्षातकाे याममा राेग ब्याधि र बिषालु किरा तथा जिबजन्तुकाे बढी जाेखिम हुने गर्दछ । तसर्थ यिनबाट रक्षा हाेस् भनेर दिदीबहिनीहरुले आफ्ना दाजुभाईकाे लागि व्रत बस्ने गर्दछन् भने दाजुभाईहरुले पनि आफ्नाे दिदीबहिनीहरुकाे मनाेरञ्जनका लागि सावनकाे डाेला अर्थात पिङ्ग हालीदिने र पिङ्गमा बसालेर पिङ्ग खेलाउने गर्दछन् । अर्काे अर्थमा भन्ने हाे भने यस पर्वलाई दाजुभाई तथा दिदीबहिनीकाे माया प्रेम तथा स्नेहकाे पर्वमा पनि लिने गरिन्छ ।

कसरी हालिन्छ सावन डाेला ?
संस्कृतिकाे धनी कठरिया समुदायमा पचैंयाकाे अवसरमा सावन डाेला हाल्ने गरिन्छ । गाउँभरिका युवाहरु जंगलमा गएर डाेलाका लागि गाेजुवा बेहदा (काँचाे काठ) काटेर ल्याउने चलन रहेकाे छ । जंगलबाटै कुश काटेर ल्याईन्छ । साथै सबै मिलेर कुसकाे डाेरी बाटेर पुजा पाठ गर्दै दुई वटा लामाे खालका बेहदा (काठ) लाई डाेरीकाे मद्दतले बाँधेर खामा बनाउने गरिन्छ । साे खामालाई दुईवटा बनाई ठड्याउने गरिन्छ र बिचमा लामाे काठकाे बल्लि राखिन्छ । यसरी बल्लिमा लामाे रसि बाँधेर साे रसिमा फ्ल्याक राखेर पिङ्ग खेलिन्छ र पाखभर सम्म रमाईलाे गरिन्छ ।

यस्तै डाेलाका लागि प्रयाेग गरिएका सम्पुर्ण समाग्रीहरु पचैंयाँकाे दिन परम्परागत रुपमा नदि अथवा खाेलामा बिर्सजन गरिने गरिन्छ, कठरिया समाज नेपालका केन्द्रीय सदस्य देविदयाल कठरियाले बताए । अहिले कुसकाे ठाउँमा प्लाष्टिकका डाेरी र नयाँ काठकाे सट्टा पुरानै घरमा उपलब्ध काठ, खामा प्रयाेग गरिन थालिएकाे छ । यस्तै डाेरीमा राखिने पटेला/पटराकाे सट्टा कुर्सी, बेन्च तथा आराम बेन्च समेत प्रयाेग गरिन थालिएकाे छ, उनले भने ।

सावन डाेलाकाे महत्त्व ?
सावन डाेला (बन्ना डाेला) काे साँस्कृतिक सँगै धार्मिक महत्त्व समेत रहँदै आएकाे कठरिया अगुवाहरु बताउँछन् । परापुर्वकालमा देविदेउताहरुले समेत डाेला डाेलेकाे (पिङ्ग खेल्नु) ईतिहास रहेकाे उनिहरुकाे भनाई रहेकाे छ ।

School
टिप्पणीहरू
Loading...