Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

यी दुई प्रदेशमा वर्षाको सम्भावना

0 50

काठमाडौँ, ३ असार । आज शुक्रबार प्रदेश १ र मधेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार त्यसबाहेक प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थान र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ ।

राति प्रदेश १ र मधेश प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।शनिबार राति प्रदेश १,  मधेश, बागमती र गण्डकीका केही, लुम्बिनीका थोरै र अन्य प्रदेशका पहाडी भूभागमा वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, मधेश, बागमती र गण्डकीमा मनसुनी वायुको सामान्य प्रभाव छ ।  अन्य प्रदेशका भूभागमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिम न्यून चापीय रेखाको प्रभाव रहेको छ ।

BHATBHATENIDHNG 20220610095338
Jay Bajrang
School
टिप्पणीहरू
Loading...