Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

यसरी सम्पन्न हुनेछ- ‘माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन’, प्रतिनिधिले खाने बस्ने प्रबन्ध आफै गर्नुपर्ने

0 33

काठमाण्डाैं, ४ पौष ।। सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ । कमलादीस्थित प्रज्ञा भवनमा हुने राष्ट्रिय सम्मेलनमा १५ सय बढी प्रतिनिधि सहभागी हुँदैछन् ।

माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार दश प्रदेशमध्ये एक प्रदेशबाट ३०/३० जना ‘१ सय २५ सदस्यीय ज्येष्ठ कम्युनिस्ट मञ्च सल्लाहकार समितिमा १ सय ४९ र ७५ सदस्यीय तीन वटा आयोग ३४ वटा विभागमध्ये एउटा विभागबाट तीन जना गरेर जम्मा १०२ जना प्रतिनधि सहभागी हुनेछन् । पार्टीको आयोजक समितिसमेत गरेर १५ सय प्रतिनिधि सहभागी हुने उनको भनाइ छ ।

पुस ११ देखि सुरु हुने सम्मेलनकाेलागि पुस ९ गते मतदाताको नामावली संकलन गर्ने र पुस १० गते प्रकाशन हुने केन्द्रीय निर्वाचन समिति संयोजक विष्णुपुकार श्रेष्ठले जानकारी दिए । ‘निर्वाचन तयारीको सन्दर्भमा अहिले मतपत्र डिजाइनको काम भइरहेको छ’, उनले भने, ‘कति–कति जना उम्मेदवार भन्ने हिसाब र तथ्यांक निकाल्ने काम भइराखेको छ ।’ प्रतिनिधि चयनको काम भने सम्पन्न भइसकेको उनले बताए ।

प्रतिनिधिले खाने बस्ने प्रबन्ध आफै गर्नुपर्ने

यसबाहेक सम्मेलनमा केन्द्रीय समितिले मनोनित गर्ने व्यवस्था छ । महिला, आदिवासी जनजाति, खस–आर्य, मधेसी, थारु, दलितलगायत विभिन्न उमेर समूहलाई पनि मिलाउने विषयमा छलफल भइराखेको श्रेष्ठको भनाइ छ । सम्मेलनमा सहभागी प्रतिनिधिको व्यवस्थापन सम्बन्धित प्रदेशले नै गर्नेछ। ‘प्रत्येक प्रदेश स्वयम्ले व्यवस्थापन गर्नुपर्नेछ । प्रतिनिधि खाना खाएर बिहान ११ बजे सम्मेलनस्थल आउनुहुनेछ’, श्रेष्ठले भने, ‘दिउँसो खाजाको व्यवस्था भए पनि बसोबासको व्यवस्था आफैं गर्नुपर्नेछ ।’

प्रज्ञाको मुख्य भवनमा करिब साढे १३ सयको क्षमता छ । थप कुर्सी राखेर व्यवस्थापन गरिने श्रेष्ठले बताए । मुख्य भवन र परिसरको साइड–साइडमा कुर्सी राखेर व्यवस्थापन गरिने उनको भनाइ छ । सम्मेलनबाट २९९ जनाको कार्यसमिति चयन हुनेछ । यसमा आवश्यकता अनुसार केही थपघट हुनसक्ने उनको भनाइ छ ।

सम्मेलनले नेतृत्व चयन गर्छ
पार्टी विधान अनुसार सर्वसम्मत वा चुनावी प्रक्रियाबाट नेतृत्व चयन हुने यसअघ नै साे पार्टीले बताइसकेकाे छ । सर्वसम्मत ढंगले नेतृत्व चयन हुन नसके विधानमा भएको व्यवस्था अनुसार चुनाव पनि हुनसक्ने एक नेताले बताए । तर, यसबेला एकसाथ तीन तहको चुनावको तयारी भइराखेकाले आम नागरिकले पार्टी नेतृत्वलाई नजिकबाट नियालिरहेका छन् ।

School
टिप्पणीहरू
Loading...