कठरिया सन्देश

२० फाल्गुन २०८०, आईतवार

  • gold Teach Computer
    gold Teach Computer
  • मोहना नदिको गुलरिया घाटमा पक्की पुल बन्ने

    मोहना नदिको गुलरिया घाटमा पक्की पुल बन्ने
    Spread the love

    कैलाली, २४ भदाैं ।। भजनी नगरपालिका वडा नम्बर ५ को सिमानामा पर्ने मोहना नदिको गुलरिया घाटमा पक्की पुल बन्ने भएको छ ।

    संघीय सरकारबाट पक्की पुलको लागि बजेट बिनियोजन भएपछि बिहीबार स्थलगत अनुगमन गरिएको छ । पुल टेण्डरको प्रक्रियाका लागि ४७ लाख ५० हजार रकम रकम विनियोजन भएको जनाइएको छ । भने पुल निर्माण सम्पन्नका लागि १५ करोड बढी खर्च लाग्ने जनाइएको छ ।

    प्रदेश सांसद बिरमान चौधरी, पुल डिभिजन कार्यालयका प्रमुख, भजनी नगरपालिकाका पूर्व नगरप्रमुख शेर बहादुर चौधरी लगायतको टोलीले स्थलगत अनुगमन गरेका हो ।
    अनुगमनकै क्रममा सांसद चौधरीले केही भाग जमिन भारतको भूभागमा पनि पर्ने भएकाले भारत सरकारसंग आवश्यक छलफल गरि टेण्डर प्रक्रिया चाँडै नै अगाडी बढाउने बताए ।

    उक्त टोलीमा भजनी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष बिक्रम चौधरी, जनता सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र भजनीका अध्यक्ष हेमेन्द्र भारद्वाज, स्थानीय राजनीतिज्ञ, सुरक्षाकर्मी, पत्रकार, स्थानीय समाजसेवी, बुद्धिजीवी लगायतको सहभागिता रहेको थियो ।

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 6026465656565656565

    ब्यवस्थापक :- अर्जुन कठरिया

    प्रकाशक :- राजेन्द्र कठरिया

    प्रधान सम्पादक :- टिआर कठरिया

    © 2024 Copyright: Dahit Group PVT.LTD