Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

मोदी विरुद्ध गतिविधि गर्नेलाई कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी

0 47

भाद्र २० काठमाण्डौ । सरकारले छिमेकी देशका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउनेगरी नाराबाजी र जुलुस प्रदर्शन गर्ने तथा पुत्ला दहन गर्ने गतिविधि प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । दार्चुलामा भारतीय सीमा सुरक्षा बलले तुइनको तार काट्दा महाकाली नदीमा खसेर जयसिंह धामीको ज्यान गएको विषयलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरुद्धमा प्रदर्शन भइरहेका छन् ।

मोदीको विरोधलाई लक्षित गर्दै गृह मन्त्रालयले विज्ञप्ति निकालेर छिमेकी देशका प्रधानमन्त्रीको विरोधमा भएका उच्छृङ्खल र निन्दनीय गतिविधिप्रति गम्भीर आपत्ति जनाएको हो । विज्ञप्तिमा मित्रराष्ट्रसँग उत्पन्न समस्यालाई वार्ता, सम्वाद र कूटनीतिक माध्यमबाट समाधान गरिँदै आएको र भविष्यमा उत्पन्न समस्यालाई पनि वार्ता, सम्वाद र कूटनीतिक माध्यमबाटै समाधान गरिने उल्लेख छ ।

यस्तै मित्रराष्ट्र र त्यहाँका प्रमुखविरुद्ध हुने गतिविधि नियन्त्रण गरिने र संलग्नलाई कारबाही गर्ने पनि गृह मन्त्रालयले चेतावनी दिएको छ ।

modi 2
टिप्पणीहरू
Loading...