Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

माओवादी महाधिवेशन: प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जान सुझाव

0 30

काठमाडौं। १४ पौष ।। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को काठमाडौंमा जारी ८ औं महाधिवेशनमा आज समूह नेताहरूले अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीति प्रतिवेदनमाथि भएको छलफलका निष्कर्षहरू सुनाइरहेका छन्। आज बोल्ने समूह नेताहरूले नेपालमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिसहितको शासन प्रणालीले पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनु पर्ने सुझाव दिएका छन्।

अहिलेसम्म रामनारायण बिडारी, गायत्री गुरूङ, टंक राई, अजम्बर काङबाङ र सत्यनारायण भगतले आफ्नो समूहमा भएका छलफलको निष्कर्ष बन्द सत्रमा सुनाएका छन्। माओवादी केन्द्रले प्रचण्डको प्रतिवेदनमा छलफल गर्न २५ वटा समूह बनाएको थियो।  

प्रचण्डले छलफलका क्रममा उठ्न सक्ने लगभग सबै विषय समेटेर प्रतिवेदन बनाएकाले अहिले धेरैले त्यसको कार्यान्वयनमा जिज्ञासा राखेको माओवादी केन्द्रका एक नेताले बताए।

‘पार्टीमा विलासिता बढ्यो, वर्ग दूरी बढ्योजस्ता कुराहरू उठ्न सक्छन् भनेर प्रचण्ड कमरेडले पहिले नै सबै समेट्नु भएको छ,’ ती नेताले भने,‘अहिले समूहमा छलफल हुँदा अब यो प्रतिवेदनको कार्यान्वयन कसरी हुन्छ भन्नेमा धेरैको चासो छ।’

केहीले अन्य राजनीतिक दललाई माओवादीले हेर्ने दृष्टिकोण के हो भन्नेबारे प्रश्न उठाएका छन्। प्रचण्डको प्रतिवेदनमा अरू दललाई माओवादी केन्द्रले हेर्ने दृष्टिकोणबारे उल्लेख छैन।

School
टिप्पणीहरू
Loading...