Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

माओवादी महाधिवेशन: प्रचण्डको प्रतिवेदनको प्रसंशा, एमसीसीको विरोध

0 27

काठमाडौं। १४ पौष ।। नेकपा माओवादी केन्द्रको जारी बन्दसत्रमा एमसीसीको विरोध भएको छ । बन्दसत्रमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि समूह विभाजन गरेर भएको छलफलपछि निस्किएको निचोड प्रस्तुत गर्ने क्रममा बुधबार सल्लाहकार ‘ख’को टोली नेता रामनारायण बिडारीले एमसीसीको विरोध गरेका हुन् । 

उनले प्रचण्डको प्रतिवेदनको प्रसंशा गरेपनि केही विषयमा भने थप स्पष्टता चाहिने उल्लेख गरे । एमसीसी संशोधन गरेर पारित गर्नपर्ने प्रचण्डको प्रतिवेदनमा उल्लेख भएको बताउँदै बिडारीले एमसीसी पारित गर्नै नहुने बताए । उनले भने, ‘पार्टीको नीति नो एमसीसी हुनुपर्छ ।’

उनले पार्टीले कृषि व्यवसायलाई प्रभावकारी बनाइनुपर्ने, जनयुद्धका सहिद, घाइते, अपांगहरुलाई सम्मान र सुरक्षा दिने गरी पार्टीको नीति हुनुपर्ने धारणा राखे । बन्दसत्रमा २५ समूहमा विभाजन गरिएका समूहका टोली नेताहरुले रिर्पोटिङ गर्ने क्रम जारी रहेको छ । 

प्रज्ञा प्रतिष्ठान कमलादीमा पहिलो रिर्पोटिङको रुपमा बिडारीले आफ्नो धारणा राखेका हुन् ।

School
टिप्पणीहरू
Loading...