Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

माओवादी नेता हमाल द्वारा विपन्न परिवारलाई खाद्यान्न सहयाेग

0 98

पहलमानपुर, १७ श्रावण ।। नेकपा (माओवादी केन्द्र) घाेडाघाेडी नगरकमिटी अध्यक्ष खगेन्द्र हमालले विपन्न परिवारलाई खाद्यान्न सहयाेग गरेका छन् । जिल्लाकाे घाेडाघाेडी नगरपालिका वडा नं. ७ करैंचा स्थित ९ जना विपन्न परिवारलाई खाद्यान्न लगायतका दैनिक उपभाेग्य सामाग्री सहयाेग गरिएकाे हाे ।

दैनिक ज्याला मजदुरी गरि जिबिकाेपार्जन गर्दै आईरहेका साे परिवारहरुलाई चामल, नुन, तेल, दाल, साेडा लगायतकाे सहयाेग गरिएकाे छ । भारतकाे रत्नागिरीमा नाै वटै परिवारका अभिभावकहरु राेजगारीका लागि गएका थिए ।

त्यसपश्चात् ६ महिना काम गरेर घर फर्किने क्रममा उनिहरु सवार यात्रुबाहक बसमा आगलागी भएकाे थियाे । आगलागीमा परेका उनिहरु सँग भएकाे सरसमान, नगद जलेर नष्ट भएपछि साे परिवार थप बिचल्लीमा परेकाे हाे ।

घर खर्च जाेहाे गरेर फर्किरहेका विपन्न परिवारकाे दुख माथि दुख थपिएकाे कारणले खाना, लाउन समस्या भएकाे आफुले थाहा पाएपछि सानाे सहयाेग गरेकाे माओवादी केन्द्र घाेडाघाेडी अध्यक्ष खगेन्द्र हमालले बताए ।

उनले आफुले हाल खाद्यान्न सहयाेग मात्रै गरेकाले आगामी दिनमा समेत निरन्तर समस्यामा परेका नागरिकहरुकाे सहयाेगमा तल्लिन रहने बताए ।

पछिल्लाे समय माओबादी केन्द्र घाेडाघाेडी नगरकमिटीका अध्यक्ष हमालकाे नेतृत्वमा पुर्वजनमुक्ति सेनाकाे घर निर्माण, बैदेशिक राेजगारीमा समस्यामा परेकाहरुकाे उद्दार, आर्थिक अभावले स्वास्थ्य उपचार गराउन नसकेकाहरुलाई उपचार सहयाेग लगायतकाे सामाजिक कार्यहरु भएका छन् ।

IMG 20230802 150947
School
टिप्पणीहरू
Loading...