माओवादी केन्द्र मोहन्याल गाउँपालिकाको अध्यक्षमा उपाध्याय निर्विरोध चयन
कैलाली, १२ मंसिर ।। नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) मोहन्याल गाउँपालिकाको अध्यक्षमा देबिदत्त उपाध्याय निर्विरोध चयन भएका छन् । सम्मेलनमा सहभागी ३५३ जना प्रतिनिधिहरुले उपाध्यायको अध्यक्षतामा ५५ सदस्यीय कमिटी गठन गरेका हुन् ।
कमिटीको उपाध्यक्षमा क्रमश छबिलाल हौजालिमगर, कृष्ण कुमार बोहरा, तारा शर्मा सचिबमा सुरेन्द्र जैसी, कोषाध्यक्ष तुल्सि पुरी र सहसचिब कमल शाही रहेका छन् ।
