Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

माओवादी केन्द्र द्वारा धनगढीमा भलिवल प्रतियोगिता आयोजना

0 91

कैलाली, २० भदौं ।। नेकपा माओवादी केन्द्र धनगढी उप महानगरपालिका वडा नम्बर ४ को वडा कमिटिले भलिवल प्रतियोगिताको आयोजना गरेको छ । युवाहरुको मनोभावनाको उच्च सम्मानका लागी भलिवल प्रतियोगिता आयोजना गरेको पार्टी वडा कमिटिले जनाएको छ ।

सोमबार भलिवल प्रतियोगिताको उद्घाटन नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटि सदस्य किशन प्रसाद चौधरी र पार्टी धनगढी उप महानगर सचिवालय सदस्य तथा वडा नम्बर ४ का ईन्चार्ज डिल्लीराज भट्टले सयुंक्त रुपमा गरेका हुन् ।

भलिवल प्रतियोगिता उद्घाटन गर्दै वडा ईन्चार्ज भट्टले युवा बिना देश बिकास असम्भव भएकाले हरेक सकारात्मक काममा युवाहरुको सहभागिता आवश्यक रहेको बताए । उनले युवाहरुलाई लक्षित गर्दै आगामी दिनमा नयाँ कार्यक्रम ल्याउने प्रतिबद्धता गरेका छन् ।

School
टिप्पणीहरू
Loading...