माओवादी केन्द्र घोडाघोडीको नगर सम्मेलन सुरु
सुखड, ११ मंसिर ।। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र को पौष मा हुने राष्ट्रिय सम्मेलनको तयारी स्वरुप आज देशभर पालिकाहरुको सम्मेलन सुरु भएको छ ।सोहि क्रममा घोडाघोडी नगरपालिकाको नगर सम्मेलन पनि सुरु भएको छ । शनिबार एक कार्यक्रमका बिच माओवादी केन्द्र घोडाघोडीको दोस्रो नगर सम्मेलनको उद्घाटन गरिएको छ । माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा सुदुरपश्चिम सह इन्चार्ज नेप बहादुर चौधरीको प्रमुख आतिथ्यमा नगर सम्मेलनको उद्घाटन गरिएको हो ।
नगर कमिटी सचिव खगेन्द्र हमालको अध्यक्षतामा भएको कार्यक्रममा नेता, कार्यकर्ता र समर्थकहरुको उत्साहजनक सहभागिता रहेको थियो । नगर सदस्य मान प्रसाद आचार्यको स्वागत मन्तब्य संगै भएको कार्यक्रममा नगर भित्रका विभिन्न जाती समुदायले आफ्नो पहिचान झल्किने होरी नाच, सखिया नाच, पञ्चेबाजा, देउडा गीत लगायतको सांस्कृतिक झांकी प्रस्तुत गरेका थिए ।
घोडाघोडी नगर सम्मेलनको दोस्रो दिन आईतबार साडेपानीको सभा हलमा बन्द सत्र हुने बताईएको छ । नगर सम्मेलनका लागि २०२ जना प्रतिनिध छनोट गरिएको पार्टिले जनाएको छ । बन्द सत्रले नयाँ नेतृत्व चयन गर्ने छ ।
माओवादीले आउने पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन तय गरेको छ । पार्टी सङ्गठनलाई विधि र पद्धतिअनुसार अगाडि बढाउने उद्देश्यले पार्टी संरचनाभित्रै आन्तरिक चुनावलाई पनि स्वीकार गरिएको माओवादीले जनाएको छ । गएको मङ्सिर ४ गते सबै वडाको सम्मेलन गरी माओवादी केन्द्रले नयाँ नेतृत्व चयन गरिसकेको छ ।