Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

माओवादी केन्द्रलाई २०६४ सालको स्थितिमा ल्याउने कुन्दनको घोषणा

0 189

मसुरिया, ८ बैशाख ।। जनता समाजवादी पार्टीका प्रदेश अध्यक्ष कृष्णकुमार चौधरी (कुन्दन) ले माओवादी केन्द्रमा फर्कदै पार्टीलाई २०६४ सालको स्थितिमा ल्याउने बताएका छन । माओवादीमा पुनः फर्केको घोषणा गर्दै उनले बाबुराम भट्टराई नेतृत्वको पार्टीलाई परित्याग गरी माओवादी केन्द्रलाई एक बनाउन फर्केको बताएका हुन ।

बिहीबार गौरीगंगा नगरपालिकामा पार्टी ध्रुवीकरण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै टुटेफूटेमा कम्युनिष्टहरू एक हुनुपर्ने बताए । उनले कम्युनिष्टहरू एक नभए प्रतिक्रियावादीहरुले खेल्ने मौका पाउने बताए । उनले जसपमा रहदा आफुले बाबुरामलाई कम्यूनिष्ट पार्टीमा एकता हुन आग्रह गरेको बताउँदै ‘भट्टराईले नमानेपछि मैले उहाँको पार्टी छोड्ने निर्णय गरेको हुँ ।’

कुन्दनसँगै एक हजार छ सय ५१ जना पार्टीमा ध्रुवीकरण गरेको बताए । उनले भने –‘माओवादी सकिएको छ भन्ने गरिएको छ । माओवादी सकिएको छैन भन्ने सेती महाकालीले देखाउने छ ।’ कृष्ण चौधरीको राजनीतिक यात्रा माओवादी केन्द्रबाटै शुरु भएको थियो । २०६४ सालको निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट उनी माओवादी केन्द्रबाट सांसदमा विजयी भएका थिए । माओवादी केन्द्रका अध्यक्ष र हाल जसपमा रहेको डाक्टर बाबुराम भट्टराईबीच टुटफुट हुँदा उनी भट्टराईसँगै लागेका थिए । भट्टराईले नयाँ शक्ति केन्द्र पार्टी दर्ता गरेपछि उनी सोही पार्टीमा गएका थिए ।

School
टिप्पणीहरू
Loading...