कैलाली, २४ चैत ।। नेकपा माओवादी केन्द्रका पूर्व जिल्ला कमिटि सदस्य डिलबहादुर बोगटी (जीवन) को निधन भएको छ । डोटीको जोरायल गाउँपालिका–५ गडसेरा(चौकी) घर भएका बोगटीको बिहीबार राति निधन भएको हो ।
फोक्सोको क्यान्सबाट पीडित बोगटीको गडसेरास्थित घरमै निधन भएको पारिवारिक श्रोतले जनाएको छ । २०१२ साल चैत ५ गते जन्मिएका बोगटी २०४६ सालदेखि कम्युनिष्ट विचारधारमा आस्था राख्ने व्यक्ति थिए । २०५२ सालदेखि सुरु भएको १० वर्षे माओवादी जनयुद्धमा उनी २०६० सालमा भूमिगत समेत भएका थिए ।
माओवादी केन्द्रका गाउँदेखि जिल्लासम्मका जनवर्गीय संगठन,पार्टीका विभिन्न जिम्मेवारीमा रहेर बोगटीले काम गरेका थिए ।
