पहलमानपुर, १६ भदाैं ।। नेकपा (माओवादी केन्द्र)को तीन महिने अभियान सुदूरपश्चिम प्रदेशका ८८वटै स्थानीय तहमा स्थानमा एकैसाथ उद्घाटन गरिएको छ । शनिबार दिउँसो १ बने ९ वटै जिल्लाका खटिएका अभियान टोलीले जनताको सहभागीतामा उद्घाटन गरेका हुन् ।
प्रत्यक्ष प्रसारणमार्फत पार्टी अध्यक्ष प्रचण्डले गरेको विशेष सम्बोधनसँगै सुदूरपश्चिमका ९ वटै जिल्लामा अभियान सुरु भएको छ । अध्यक्ष प्रचण्डले अभियान उद्घाटन गर्दै जनताको बलिदानबाट प्राप्त उपलब्धीको विरुद्ध प्रतिक्रियावादी शक्तिहरुले टाउको उठाउन थालेको चुनौतीपूर्ण अवस्थामा अभियानको सुरु भएको बताए । अभियानको क्रममा माओवादी जनताको बीचमा जाने भएकोले व्यवस्थाप्रतिको गुम्दै गएको विश्वास बढ्ने समेत प्रचण्डले विश्वास व्यक्त गरे ।
समाजवादी आन्दोलनको आधार तयार पर्ने ऐतिहासिक जिम्मेवारी पूरा गर्न अभियान सफल हुने प्रचण्डले दाबी गरे । उनले अभियानले माओवादीलाई बलियो र भरोसा योग्य पार्टी बन्ने बताए ।
