माओवादीको अध्यक्षमा फेरि दाहाल
काठमाडौँ,१९ पुस । नेकपा माओवादी केन्द्रको सम्पन्न ८औं महाधिवेशनपछि बसेको केन्द्रीय कमिटी बैठकबाट अध्यक्षमा पुष्पकमल दाहाल निर्वाचित भएका छन् । सोमबार ललितपुरमा बसेको पहिलो बैठकमा नेता नारायणकाजी श्रेष्ठले गरेको प्रस्तावपछि सर्वसम्मतले दाहाल निर्वाचित भएका हुन् ।
नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथग्रहणपछि नेता श्रेष्ठले दाहाललाई फेरि अध्यक्षमा नाम प्रस्ताव गरेका थिए ।आइतबार दाहालले केन्द्रीय सदस्यहरूको नाम पढेर सुनाएसँगै माओवादीको आठौं महाधिवेशन आइतबार सम्पन्न भएको हो ।
