Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

महाकाली नदीमा नुहाउने क्रममा दुई किशोरी बेपत्ता

0 67

कञ्चनपुर, २७ श्रावण ।। महाकाली नदीमा नुहाउने क्रममा दुई किशोरी बेपत्ता भएका छन् । बैतडीको दशरथचन्द नगरपालिका–८ स्थित मौरामा महाकाली नदीमा नुहाउन गएका किशोरी बेपत्ता भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले मौराकै १४ वर्षीया संगिता टमटा र १५ वर्षीया कविता टमटा नदीमा नुहाउने क्रममा बेपत्ता भएको जानकारी दिए ।

उनका अनुसार शुक्रबार दिउँसो करीब २ बजे घरबाट नुहाउन भनेर हिडेका उनीहरुसँगै रहेकी अर्की किशोरीले बेपत्ता भएको खबर गरेकी थिइन् ।

अहिले जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको टोली र स्थानीयहरु बेपत्ता किशोरीको खोजी कार्यमा जुटेको प्रहरीले जनाएको छ ।

School
टिप्पणीहरू
Loading...