Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

मसुरिया बजारमा निर्मित अस्थायी प्रहरी पोष्ट हस्तान्तरण

0 196

मसुरिया, १ चैत । कैलालीको गौरीगंगा नगरपालिका–९ मसुरिया बजारमा निर्माण गरिएको अस्थायी प्रहरी पोष्ट हस्तान्तरण गरिएको छ । वडा कार्यालयको सहयोगमा मसुरिया बजार व्यवस्थापन समितिले अस्थायी प्रहरी पोष्ट निर्माण गरेको थियो ।

मुख्य बजारमा स्थापना गरिएको प्रहरी पोष्टको कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले उद्घाटन गरेका थिए ।  वडा अध्यक्ष हरि प्रसाद तिवारी र मसुरिया बजार व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद जोशीले उपरीक्षक जोशीलाई ताला  चावीसहित अस्थायी प्रहरी पोष्ट हस्तान्तरण गरेका छन् ।

कैलालीमा लागुपदार्थको कारोबार प्रयोगले सुरक्षा चुनौतीपूर्ण बन्दै गएको र घर–परिवारबाट आफ्ना किशोरावस्था र युवा छोराछोरीमाथि निगरानी नगर्दासम्म समाजमा शान्ति सुरक्षा कायम गर्न चुनौती रहेको प्रहरी नायब उपरीक्षक जोशीले बताएका छन् ।

मसुरिया बजारमा विगत केहि समय यता लुटपाट चोरी र लागुपदार्थको कारोबार जस्ता घटना घटिरहेको भन्दै स्थानीयले बजार क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न प्रहरीको उपस्थिति हुने गरी पोष्ट माग गरेका थिए ।

बजारमा सुरक्षा चुनौती बढेपछि स्थानीय बासिन्दाको माग अनुसार अस्थायी प्रहरी पोष्ट निर्माणका लागि सहयोग गरेको वडा अध्यक्ष तिवारीले बताए । प्रहरीको उपस्थितिले बजार क्षेत्रमा शान्ति, सुरक्षा कायम हुनमा सहयोग पुग्ने बजार व्यवस्थापन समितिका अध्यक्ष जोशीको भनाइ थियो । उनले पोष्टमा चौबिसै घण्टा प्रहरी राख्न माग गरेका छन् ।

School
टिप्पणीहरू
Loading...