मसुरियामा निशुल्क आँखा शिविर सम्पन्न
१५ कार्तिक, मसुरिया ।। च्यारिटी हेल्थ फाउन्डेसन नेपालको सहयोग र धनगढी नेत्रालयको सहकार्यमा कैलालीको मसुरिया स्वास्थ्य चौकीमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । गौरीगंगा नगरपालिका वडा नं ९ को समन्वय र मसुरिया स्वास्थ्य चौकीको आयोजनामा आँखा शिविर संचालन गरिएको थियो ।
शिविरमा धनगढी नेत्रालयका नेत्र सहायक नरेश चौधरी र करनलाल रानाले तीन सय जनाको आँखा जाँच गरि आवश्यक स्वास्थ्य परामर्श दिनुका साथै औषधी तथा चस्मा प्रदान गरिएको स्वास्थ चौकी प्रमुख लाल प्रसाद पन्तले जानकारी दिएका छन् । शिविरको सुभारम्भ गौरीगंगा नगरपालिका वडा नं ९ तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद तिवारीले गरेका थिए ।