पहलमानपुर, २५ असार ।। मनोसमाजिक समस्याको पहिचान तथा सिफारिस प्रणाली विषयक दुई दिने तालिम कैलालीको टिकापुरमा सम्पन्न भएको छ । वर्ल्ड भिजन इन्टरनेशल नेपाल र बाल कल्याण संघको संयुक्त साझेदारीमा संचालित एकिकृत बाल संरक्षण तथा सामुदायिक सहभागिता परियोजना अन्तर्गत साे तालिम भएकाे हाे ।
कोभिड पछाडि बालबालिकाहरुमा दिनप्रतिदिन मनोसमजिक समस्या बढ्दै गएको र जसको कारण बालबालिकाहरुमा बिद्यालय छोडने बाल बिबाह, लागुपदार्थको प्रयोग र आत्माहत्या गर्नेको संख्या बालबालिकाहरुमा अत्याधिक देखा परेको कारणले त्यस्ता घट्ना न्युनिकरण गर्नको लागि तालिमकाे आयाेजना गरिएकाे मनाेपरामर्शकर्ता बिष्णा चाैधरीले बताईन् ।
तालिममा मनोसमाजिकको अवधरणा, मनोसामजिक समस्या हुने कारण र मनोसमाजिक समस्याले बालबालिकामा पर्ने असर तथा प्रभाव, मनोसमाजिक समस्यामा परेको बालबालिकाहरुको पहिचान र समस्यामा परेको बालबालिकाहरुले देखाउने लक्षण, स्वभाव र समस्या परेका बालबालिकाहरुलाई गरिने मनोसमाजिक स्याहार, सीप र मनोपरामर्शको लागि केश हस्तान्तरण गर्ने सिफारिस प्रणाली र दस्ताबेजिकरण गर्ने प्रक्रियाकाे बारेमा प्रशिक्षण गरिएकाे कार्यक्रम ब्यबस्थापक सुगम रेग्मीले जानकारी दिए ।
उक्त तालिम उद्घाटन बालकल्याण संघ टीकापुरका अध्यक्ष धन बहादुर बि.क ले गरेका भने तालिमको उद्देश्य माथि प्रकाश संस्थाका कोषाध्यक्ष धनराज शाहिले गरेका थिए । यस्तै मनोपरामर्श कर्ता बिष्णा चौधरीले सहजिकरण गरेकाे कार्यक्रमकाे संचालन समाजिक परिचालक श्याम चौधरीले गरेका थिए ।
तालिममा घोडाघोडी नगरपालिकाका घट्ना ब्यबस्थापक कार्यकर्ता, साथी शिक्षक र आर्सी बालबालिका गरि ३० जनाकाे उपस्थिति रहेकाे थियाे ।
