Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

भुर्काभुर्की सामुदायिक वनको अध्यक्षमा पुनः पतिराम चौधरी

0 38

पहलमानपुर, १७ पौष ।। कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १० लठैया स्थित भुर्काभुर्की सामुदायिक वन उपभोक्ता समुहको दशौं साधारण सभाले पुनः पतिराम चौधरीलाई अध्यक्षमा चयन गरेको छ ।

सो कमिटीको उपाध्यक्षमा गगन अधिकारी, सचिवमा मीना विक, सहसचिवमा ईश्वरी चौधरी र कोषाध्यक्षमा पूर्ण बडुवाल चयन भएका छन् । त्यसैगरि सदस्यमा जालुराम चौधरी, प्रेमलाल चौधरी, खाङखिङ चौधरी, रतन चौधरी, पदम बडुवाल र पवित्रा चौधरी रहेका छन् ।


यस्तै, चन्द्र बहादुर सिंहको संयोजकत्वमा लेखासमिति चयन गरिएको छ । लेखासमितिको सदस्यहरुमा धनीराम चौधरी र दीपेन्द्र विक रहेका छन् । मानबहादुर थारूको संयोजकत्वमा सल्लाहकार समिति बनाइएको छ । जसको सदस्यहरुमा चक्र बहादुर चौधरी र काशीराम तिरुवा रहेका छन् ।

यस्तै, टेकराज सोडारीको संयोजकत्वमा चोरीसिकारी नियन्त्रण समिति चयन गरिएको छ । जसको सदस्यमा पतिराम चौधरी रहेका छन् । अनुगमन समितिको संयोजकमा अर्जुनप्रसाद डंगौरा थारु र सदस्यमा सरोज चौधरी रहेका छन् ।

School
टिप्पणीहरू
Loading...