Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

भारतमा केबलकार जुध्दा दुई जनाको मृत्यु

0 91

भारत, २८ चैत ।। झारखन्डस्थित देवघर जिल्लामा पर्ने त्रिकुटमा दुई केबलकार ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । दुर्घटनापछि १२ अन्य केबलकार बन्द गरिँदा ४८ जना २० घन्टासम्म हावामै फसेका छन् ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार आइतबार साँझ साढे ४ बजे दुर्घटना भएको थियो । उक्त दुर्घटनामा १० पर्यटक गम्भीर घाइते भएका थिए । तीमध्ये दुई जनाको मृत्यु भएको हो ।

केबुलकारमै फसेका ४८ जनाको हेलिकोप्टरबाट उद्दार थालिएको बीबीसी हिन्दीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा प्राविधिक गडबडीका कारण घटना भएको समाचारहरूमा जनाइएको छ ।

School
टिप्पणीहरू
Loading...