Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

भागबण्डा टुङ्गो लगाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

0 37

काठमाडौँ, ६वैशाख ।वैशाख ३० को स्थानीय तह निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डाको अन्तिम टुङ्गो लगाउन आज (मङ्गलवार) पनि सत्ता गठबन्धनको बैठक बस्दै छ ।

सोमबार बसेको बैठक निष्कर्षविहीन बनेपछि गठबन्धनका शीर्ष नेताहरू आज बिहान साढे ११ बजे छलफलमा जुट्न लागेका हुन् ।

सत्तारूढ नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) नेपाल, र राष्ट्रिय जनमोर्चाबीच महानगरपालिका र उपमहानगरपालिकाको टुङ्गो लगाउन सोमबार दिनभरको प्रयास असफल भएको थियो । तर, धेरै ठाउँमा सहमति नजिक पुगेको काँग्रेस नेता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दाबी गरेका छन् ।

उनले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाका वडा समेतको वस्तुगत स्थितिको बारेमा बैठकमा छलफल भएको र मङ्गलवार त्यसलाई अन्तिम रूप दिने सहमति गरिएको बताएका छन् । धेरै ठाउँमा सहमति नजिक पुगेकाले सकारात्मक ढङ्गले अघि बढ्नु पर्छ भन्नेमा गठबन्धनका सबै नेताहरू सहमत रहेको उनले जानकारी दिएका छन्। सत्तारूढ गठबन्धनले भने चुनावी तालमेल गरेर उम्मेदवार उठाउने सहमति गरेको छ ।

हिजोको बैठकमा सहभागी राष्ट्रिय जनमोर्चा पार्टीका सचिव एवम् रामचन्द्र पौडेल नेतृत्वको कार्यदलका सदस्य हिमलाल पुरीका अनुसार काँग्रेसले काठमाडौँ, विराटनगर र ललितपुर महानगर लिने लगभग सहमति बनेको छ । उनका अनुसार बैठकले नेकपा माओवादी केन्द्रलाई भरतपुर, जनता समाजवादी पार्टीलाई वीरगन्ज महानगर दिने सहमति भएको छ ।

पोखरा महानगरको हकमा भने गठबन्धन अझै अनिर्णित भएको छ । पोखरामाथि एकीकृत समाजवादीले दाबी गरेको छ । तर त्यहाँ काँग्रेसले पनि दाबी गरेपछि कुरा नमिलेको हो ।  

School
टिप्पणीहरू
Loading...