भदौं २७ गते थारू समुदायको अँटवारी पर्व, प्रदेश सरकारद्वारा सार्वजनिक विदा
कैलाली, २४ भदौं । सुदूरपश्चिम प्रदेश सरकारले सबै जातजातीहरुको पर्वलाई मध्येनजर गर्दै महत्वपूर्ण पर्वहरुमा सार्वजनिक विदा दिने निर्णय गर्दै आईरहेको छ । सोही अनुरुप यो वर्ष पनि थारु समुदायले मनाउदै आएका अँटवारी पर्वमा एक दिन विदा दिने निर्णय भएको छ ।
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पूर्ण जोशीका अनुसार प्रदेश सरकारले थारु समुदायको मौलिक पर्व अँट्वारीको लागि भदौं २७ गते एक दिन विदा दिने बताईन् ।थारु समुदायका अगुवा तथा थारु संम्वद्ध संघसंस्थाले विगत लामो समय देखि आफूले मनाउँदै आएका महत्वपूर्ण चाडपर्वमा विदाको माग गर्दै प्रदेश सरकार समक्ष ज्ञापनपत्र समेत बुझाएका थिए ।
अँटवारी पर्वमा दूई दिन विदा हुनुपर्ने थारु समुदायको माग अुसार गत वर्ष सुदूरपश्मि प्रदेश सरकारले एक विदा दिने निर्णय गरेपनि कैलाली जिल्लाका स्थानीय सरकारले भने अ आफ्नो पालिकाको छुट्टै निर्णय गरि दूई दिन विदा दिने निर्णय गरेका थिए ।
