कैलाली, १ भदौ ।। थारु सम्बद्ध संघसंस्थाले टीकापुर घटनाकाे सम्झनामा हरेक बर्ष कार्यक्रम गर्दै आएकाे छ । यस बर्ष पनि भदाै ७ गते थारु सम्बद्ध संघसंस्थाहरुले कार्यक्रम गर्ने बताएकाे छ ।
रेशम चाैधरी नेतृत्वकाे नागरिक उन्मुक्ति पार्टीले भदाै ७ र ८ गते टीकापुरकाे खुल्ला मञ्च र लम्की बजारमा कार्यक्रम आयाेजना गर्दैछ । कार्यक्रम संयाेजक ललित ताम्राकारका अनुसार घटनाकाे स्मरण गर्ने गराउने र आपसी सद्भाव कायम गराउने उदेश्यले कार्यक्रम आयाेजना गर्न लागिएको हाे ।
त्यस्तै थरुहट थारुवान राष्ट्रिय माेर्चाले टीकापुरमै कार्यक्रम गर्ने भएकाे छ । थारु कल्याणकारिणी सभाका कार्यबाहक अध्यक्ष माधव थारुका अनुसार टीकापुरमा भदाै ७ गते दिउँसो १ बजे कार्यक्रम आयाेजना गरिंदैछ । कैलालीमा एउटै लक्ष्य र उदेश्यका दुई थरि कार्यक्रम आयाेजना हुनुलाई अनेक थरि विश्लेषण गरिन थालिएकाे छ ।

