Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

भजनी स्थित पुरैना ताल पुर्नस्थापना गरिने

0 332

कैलाली, ३ बैशाख ।। कैलालीकाे भजनी नगरपालिका वडा नं. ७ स्थित चर्रामा रहेकाे पुरैना ताल पुर्नस्थापना गरिने भएकाे छ । ताल पुर्नस्थापना गर्नका निम्ती आईतबार नगरप्रमुख केवल चौधरी, भजनी नगरपालिकाका प्रवक्ता तथा वडा नं ३ का अध्यक्ष विक्रम चौधरी लगायत पत्रकारहरु द्वारा साे ताल क्षेत्र अनुगमन गरिएकाे छ ।

अनुगमनका क्रममा पुरैना तालकाे सिमा निर्धारण गरि कार्य अगाडि बढाउने निर्णय भएकाे छ । जसका लागि डिभिजन बन कार्यालय पहलमानपुर, भजनी नगरपालिका, वडा नं. ७ काे कार्यालय, सुरक्षा निकाय, संरक्षण साझेदार संस्थाहरु, नापी कार्यालय, सामुदायिक बन उपभोक्त समुहहरु लगायतका समन्वय र सहकार्यमा ताल पुर्नस्थापना गरिन लागिएकाे नगरप्रमुख चौधरीले बताए ।

सयौं बिगाहा क्षेत्रफलमा फैलिएको ताल क्षेत्रमा विभिन्न प्रजातिका चरचुरुङ्गीको समेत बासस्थान भएकाले उक्त तालको पुर्नस्थापना अतिआवश्यक रहेको भजनी नगरपालिकाका प्रवक्ता तथा वडा नं ३ अध्यक्ष विक्रम चौधरीले बताए । साथै ऊर्जा तथा जलस्रोत सिंचाई मन्त्रालय अन्तर्गत जनता तटबन्ध भजनी ७ हिक्मतपुर स्थित मोहना नदिमा निर्माणधिन अवस्थामा रहेको तटबन्धको समेत अनुगमन गरिएको छ।

School
टिप्पणीहरू
Loading...