Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

भजनी नगर कार्यपालिकामा नागरिक उन्मुक्ति र एमालेको गठबन्धन विजयी

0 19

कैलाली, १७ जेठ ।। कैलालीको भजनी नगर कार्यपालिकामा ८ जना सदस्य निर्वाचित भएका छन् । नागरिक उन्मुक्ति पार्टी र नेकपा एमालेबीच तालमेल भएको थियो । ८ जनाको लागि भएको निर्वाचनमा १३ जनाको उम्मेदवारी परेको थियो । तीमध्ये नागरिक उन्मुक्तिका ६ जना र एमालेका २ जना निर्वाचित भएका हुन् ।

निर्वाचित हुनेमा महिला सदस्यतर्फ नागरिक उन्मुक्तिका कृष्णकुमारी चौधरी, जैसरा कामी ओड, मनदेवी चौधरी, शान्तीकुमारी चौधरी र रजमती चौधरी छन् । उनीहरूले कुल खसेको ४६ मध्ये ३३ मत पाए ।

त्यस्तै दलित वा अल्पसंख्यकतर्फ नागरिक उन्मुक्तिका एकजना र एमालेका दुईजना निर्वाचित भए । नागरिक उन्मुक्तिका गणेशकुमार विक, एमालेका प्रेमबहादुर चन्दरा र रामदेवी राजी निर्वाचित भएका छन् । विकले ३२ मत पाए भने प्रेम र रामदेवीले ३३/३३ मत पाए ।

कांग्रेसका प्रतावसिंह ताम्राकार, सन्तोष दमाईले १३/१३ मत पाए । भजनीमा नागरिक उन्मुक्तिका २३ र एमालेका १० जना सदस्य छन् । माओवादी र कांग्रेसले तालमेल गरेर निर्वाचनमा होमिएका थिए । महिला सदस्यतर्फ रामकुमारी देवी चौधरी, रिना कुमारी डगौँरा, रेखा कामीले १३ मत ल्याए ।

Mayaram
टिप्पणीहरू
Loading...