Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

भजनी कार्यपालिका सदस्यमा निर्वाचन, एमाले र नागरिक उन्मुक्तिको तालमेल

0 79

कैलाली, १७ जेठ ।। कैलालीको भजनी नगरपालिकाको कार्यपालिका सदस्यका लागि मतदान सुरु भएको छ । यहाँ आठ सदस्यका लागि १३ जना उम्मेदवार रहेका छन् ।

पाँच महिला सदस्यमा आठ जनाको उम्मेदवारी परेको छ भने, तीन अल्पसंख्यक दलित सदस्यमा पाँच जनाको उम्मेदवारी परेको छ । एमाले र रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिले तालमेल गरेको छ भने कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेको छ । ४६ जना सदस्यहरूले मतदान गरिरहेको निर्वाचन अधिकृत लक्ष्मी नारायण दाहालले बताए ।

४६ जना मध्ये एमाले र नागरिक उन्मुक्तिका ३३ जना मतदाता रहेका छन् । कांग्रेस र माओवादीका १३ जना रहेका छन् । यहाँ प्रमुख र उपप्रमुख दुवै रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिले जितेको थियो ।

Mayaram
School
टिप्पणीहरू
Loading...