Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

भजनीमा आजबाट शनिदेव पृथ्वीपुर चर्रा धार्मिक ज्ञान महायज्ञ

0 187

जय कठरिया, ११ फागुन ।। कैलाली जिल्लाको भजनी नगरपालिका वडा नं. ७ चर्रामा आजवाट शनिदेव पृथ्वीपुर चर्रा धार्मिक ज्ञान महायज्ञ सुरु भएको छ । महायज्ञ आयोजक मुल कमिटी संयोजक संजय सक्सेनाको सभापतित्वमा भएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मान बहादुर धामी रहेका थिए भने बिशिष्ट अतिथीहरुमा सुदूरपश्चिम प्रदेश सदस्य बिरमान चौधरी, भजनी नगरपालिका प्रमुख शेर बहादुर चौधरी र प्रमुख कथावाचक अच्युतशरण जी महाराज रहेका थिए ।

3

भजनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष अमर बहादुर कठरियाको स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रममा बुद्धिजिवी, समाजसेवि, बड्घर, भल्मन्सा लगायत स्थानियहरुको सहभागिता रहेको थियो । त्यस्तै शनिदेव मन्दिरको स्तरोन्नतीका लागि आयोजित शनिदेव पृथ्वीपुर चर्रा धार्मिक ज्ञान महायज्ञको उद्घाटन कार्यक्रम पुर्व शान्ति कलशयात्रा निकालिएको थियो ।

कलशयात्रा भजनी नगरपालिका वडा नं. ७ परिक्रममा गरिएको थियो । फागुन १८ गते सम्म संचालन हुने महायज्ञमा आज पहिलो दिन भजनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष अमर बहादुर कठरियाले आमा जुगाना देवि कठरियाको नाममा तुला दान गरेका छन् ।

charrab okk

दैनिक योग बिज्ञान शिविर, वाल संस्कार, भजन, कृतन कार्यक्रम आयोजना हुने महायज्ञको उद्घाटन कार्यक्रमको संचालन अर्जुन कठरियाले गरेका थिए ।

School
टिप्पणीहरू
Loading...