Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

बालमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

0 32

पहलमानपुर, २९ भदाैं ।। बालमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण कार्यक्रम कैलालीको भजनीमा सम्पन्न भएको छ । वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल र बाल कल्याण संघ टिकापुरको संयुक्त साझेदारीमा संचालित बाल स्पोन्सर सीप तथा बाल संरक्षण परियोजना अन्तरगत साे कार्यक्रम भएकाे हाे ।

भजनी नगरपालिका वडा नं. १ को वडा स्तरीय बाल अधिकार समितिका संयोजक तथा कार्यपालिका सदस्य मनदेबि चौधरीको अध्यक्षता र वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठको प्रमुख आथित्यमा भएकाे कार्यक्रममा वडा सदस्यहरू , भल्मन्सा, महिला स्वस्थ्य स्वयंसेविका, स्वस्थ्यकर्मी, प्रहरी, शिक्षक, पत्रकार लगायत सरोकारवाला निकायका २७ जनाकाे सहभागी रहेकाे थियाे ।

उक्त कार्यक्रममा बालमैत्री स्थानीय शासनको परिचय, महत्व, आवश्यकता र सुचकहरुबारेमा जानकारी गराईनुका साथै बालमैत्री वडा घोषणा गर्नका लागि चाल्नु पर्ने कदम, काम र प्रक्रियाबारे छलफल भएको थियो ।

छलफलकै क्रममा बालबालिकाहरुको सवालहरुलाई उन्मुलन गर्न योजना बनाई कार्यान्वन गर्नका लागि सम्बन्धित क्षेत्रका सरोकारवाला सरकारी तथा गैरसरकारी निकाय र ब्यक्तिहरुले खेल्नुपर्ने भुमिका, निर्माण हुने भौतिक संरचना बालमैत्री, आपाङ्गमैत्री बनाउन आवश्यक रहेको, बाल क्लब वडा र टोल स्तरमा गठन गर्न आवश्यक रहेको र बालबालिकाहरुलाई हिंसाबाट बचाउन राम्रो छुवाई र नराम्रो छुवाई सम्बन्धी कार्यक्रम प्रत्येक स्कुलमा संचालन गर्न आवश्यक रहेको कुरामा जोड दिएका थिए ।

बालकल्याण संघ टिकापुरका मनोपरामर्शकर्ता बिष्णा चौधरीले सहजिकरण गरेकाे साे कार्यक्रमको उदेश्य माथि प्रकाश सरस्वती बुढाले गरेकी थिईन् भने बालमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण कार्यक्रमकाे संचालन राम बि.क. ले गरेका थिए ।

School
टिप्पणीहरू
Loading...