Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

बालबालिकाको सवालहरु पहिचान गर्दै गौरीगंगामा बाल भेला सम्पन्न

0 84

घनश्याम पौडेल, चौमाला, ६ श्रावण ।। बालबालिकाको सवालहरु पहिचान, गर्नुपर्ने क्रियाकलापका क्षेत्र, तथा संचालन गर्नुपर्ने वडाको प्राथमिकता तय गर्दै कैलालीको गौरीगंगा नगरपालिका स्तरिय बाल भेला सम्पन्न भएको छ । गौरीगंगा नगरपालिकामा बालविवाह, छाउपडी प्रथा, लैंगिक विभेद, जातीय भेदभाव तथा लागुपदार्थ दुर्व्यसन बालबालिकाको क्षेत्रमा प्रमुख समस्या र चुनौतीका रूपमा रहेको भेलाका सहभागी बालबालिकाले सवालहरु उठान गरेका छन् ।

विद्यालय र वडा तहमा बालक्लव गठन गरि अभिभावक, वडा कार्यालय नगरपालिका र प्रहरी कार्यालय सहितको सहभागिता जनचेतना मुलक कार्यक्रम, जातीय भेदभाव अन्त्य गर्न सामुहिक अन्तरक्रिया तथा नास्ता कार्यक्रम गर्न बालबालिकाले सूझाव दिएका छन् ।

३५ जना बालबालिका सहभागी रहेको भेलाले प्रत्येक वडामा बालक्लव गठन गरि बालबालिकालाई असल सचेत जिम्मेवार नागरिक बनाउन सचेतना अभियान संचालन गर्न सबैले सामुहिक अन्तरक्रिया कार्यक्रमको आवश्यकता भएको निष्कर्ष निकालेको थियो । नगरपालिकाको समन्वयमा बाल कल्याण संघ टिकापुर र वल्ड भिजनको सहकार्यमा बाल भेला गरिएको थियो ।

महिला तथा बालबालिका शाखा गौरीगंगाका प्रमुख भावना जोशीले बालबालिकाको क्षेत्रमा देखिएका समस्याको समाधान गर्न भेलाले तयार गरेको कार्ययोजनालाई प्राथमिकताका साथ कार्यान्वयन गरिने जानकारी दिएका थिए । बाल भेलाको लक्ष्य र उद्देश्यको बारेमा जानकारी सहित कार्यक्रमको सहजिकरण तथा संचालन बाल कल्याण संघका सामाजिक परिचालक प्रेम चौधरीले गरेका थिए ।

टिप्पणीहरू
Loading...