Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

बालबालिकाका समस्या र समाधानका उपाय

0 130


भाद्र २९, कैलाली ।।
यो अनन्त संसारको विशाल जनसमुदायमा मानबिय जीवन वृद्धि बिकासका विभिन्न चरणहरुको अर्थ पुर्ण बिबिधता संग परिचित हुने व्यक्ति थुप्रै होलान् । तर ती चरणहरु पार गर्दाका बेला भोग्नु परेका विभेद पुर्ण व्यबहारले जन्म दिएको पीडा र संघर्ष संग साइनो गास्ने व्यक्ति सायद बिरलै भेटिएलान् । जसमध्ये वाल्यावस्था हुने हिंसा, दुर्व्यवहारको विरुद्धमा पहिलो पटक एगलाइनटाइन जेबले बालधिकार न्याय सम्बन्धि पहिलो आवाज उठाइन र जसको फलस्वरूप सन १९८९ मा अन्तर्राष्ट्रिय बालअधिकार महासन्धी सम्पन्न भयो । तर पनि पछिल्लो समयमा अर्न्तरास्ट्रिय र रास्ट्रिय जगतमा हिंसा, शोषण, गरिबी र दुर्व्यवहार न्यूनीकरण गर्नको लागि दर्जनौं ऐन, नियमावली, सन्धी, उपसन्धी र संविधान अनुमोदन भए दर्जनौ बाल अधिकार संरक्षणका कानुन फेरिए सयौं मात्रामा बाल अधिकार संरक्षण गर्ने मुलभुत उद्देश्य लिएका संघ संस्था दर्ता भएता पनि हाम्रो समाजमा विभिन्न धार्मिक, सामाजिक, आर्थिक, सांस्कृतिक, लैंगिक एवम् शारीरिक तवरले बालबालिकाहरु हिंसा, शोषण र दुर्व्यवहारको सिकार बनिरहेकै छन्

आमाबुबाको काखमा हाँसिखुसी रहने र कापी किताब लिएर विद्यालय जाने वाल्यावस्था उमेरका बालबालिकाहरुले टुहुरो, गरिब र अपाङ्ग भइ सडकमा प्रबेश गर्न बाध्य छन् । पारिवारिक आर्थिक अबस्था कमजोर भएका आफ्ना अभिभावक गुमाई टुहुरा बनेका जन्मसिद्ध अपाङ्ग भइ पदार्पण भएका र विभिन्न दुर्घटनाबाट आफ्नो शारीरिक सन्तुलन गुमाउन पुगेका बालबालिकाहरु आज हिउँदको जाडो बर्खाको पानी नभनी सहर बजारका गल्ली गल्ली र चोकहरुमा अँध्यारो आकाशमुनी ढुङ्गा, माटो र बालुवा संग आफ्नो बालजिवन बेथित गर्न विवश छन् । कतिपय बालबालिका विभिन्न उद्योग धन्दा, कलकारखाना, होटेल, रेस्टुरेन्ट र गाडिका ढोकामा बसेर बाल श्रम गरिरहेका छन् । उनीहरुलाई शिक्षा के हो ? स्वास्थ्य केहो ? थाहा छैन् । भर्खर उम्रिन लागेका मुनारुपी बालिकाहरु आफ्नो घरपरिवार वा नातेदारबाट बलत्कृत भई गाउँ समाजमा आफ्नो अधिकार, प्रतिष्ठा र सम्मानलाई हेपाहा प्रबृति ग्रहण गरि मुटुमा ढुङ्गा राखेझै बाँच्न बाध्य छिन् । अपाङ्ग भएका ब्यक्तिहरुलाई घरपरिवार देखि लियर रास्ट्रले समेत बेवास्ता गरेको पाइन्छ ।

नेपालको सन्दर्भमा गरिरहेका तमाम अध्ययन, अनुसन्धान र जनगणनाले बालबालिका सडकमा आश्रित जीवन बिताउनुको मुल कारण पारिवारिक हिंसा, अपाङ्गता, अभिभावक बिहिन, आर्थिक बिपन्नता, साथी संगत, अशिक्षा, सामाजिक अवहेलना र राजनीतिक अस्थिरता नै प्रमुख कारणमा उल्लेख गरेका छन् । सिबिनको सन् २०१६ को एक प्रतिबेदन अनुसार ४१% बालबालिका पारिवारिक हिंसाका कारण र २७% बालबालिका संगतका कारण घर परिवार छोडेर सडकमा आश्रित छन् ।
बालबालिका भनेको भबिष्यको कर्णधार हुन् भन्छौ तर पनि हामी यो बुझ्दैनौ कि बालबालिका बर्तमानको हिस्सेदार एवम् अंशदार पनि हो भनेर । हुन् त विभिन्न सरकारि एवम् राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाहरु (एनजिओ र आइएनजिओ) ले देशमा अपाङ्ग, अभिभावक बिहिन र शोषणमा परेका बालबालिकाहरुलाई उद्दार गर्ने पालन पोषण गर्ने नाममा विभिन्न योजना र प्रयोजनाहरु लागू गरिरहेका छन् । तर पनि वास्तविक पिडित, अशक्त र गरिब परिवारका बालबालिकाहरुको उचित पहिचान गर्न नसकेर उनिहरुको अवस्था परिवर्तन गर्न सफल भएका छैनन् । झन् उनिहरुको नाममा ल्याइएको बजेट ८०% माथि सक्काएर २०% भन्दा नि न्यून कार्यान्वयन गरेका छन् ।

हिंसा, शोषण र दुर्व्यवहार खेपिरहेका अपाङ्ग अभिभावक विहिन र गरिवीको रेखामुनि रहेका बालबालिकाहरुको कल्याण, स्वतन्त्रता र सुनौलो भविस्य निर्माण गर्नको लागि केही उपायहरु यहाँ प्रस्तुत छन् ।
१. पिडित शोसित र अपाङ्ग बालबालिकाको तथ्यांक संकलन गरि ती बालबालिकाहरुको गास, बास, कपास, शिक्षा स्वास्थ्य, मनोरञ्जन र रोजगारीको जिम्मेवारी पुर्ण रुपमा सरकारले लिनु पर्दछ ।
२. बाल कल्याणकारी संघ सस्थाहरुले दुर्गुम गाउँ ठाउँ पुगेर पिछडिएका बालबालिकाको पहिचान गरि आफ्नो योजना वा प्रयोजनालाई निष्पक्ष तवरले कार्यान्वयन गर्नु पर्छ ।
३. बालबालिका माथि हुने हिंसा र अवहेलना न्युनिकरण गर्नको लागि गाउँ समाजमा जनचेतना मुलक कार्यक्रम गर्नु पर्छ ।

यस्ता गतिविधिहरुले केही हदसम्म बालबालिकामा परेका समस्या समाधान गर्न र पिडामा परेकाहरुको सुनौलो भविष्य निर्माण गर्न सकिन्छ । बालबालिकाहरुलाई विद्यालय तहमा बाल अधिकार कानुनी बिषय अध्यापन गराउनु पर्छ । जसमा अतिरिक्त कार्यक्रमहरुमा अर्थपुर्ण सहभागी गराइ सुखी जीवन जिउन र सुनौलो भविष्य आफ्नो पोल्टामा पार्न सक्ने शिक्षाको विकास गर्नुपर्दछ । बालबालिकाको शिक्षाको महत्व प्रति असजग अभिभावकहरुलाई यसको महत्व बुझाउनु पर्दछ । बालबालिका प्रति बेवास्ता गर्ने गलत दुर्व्यवहार गर्ने (विशेष गरि शौतेली आमा बुवाहरु) लाई निरुत्साहित गरि उनिहरुलाई बालबालिकाको उचित हेरचाह र अभिभावकले पूरा गर्नुपर्ने दायित्व र भुमिका निर्वाह बोध गराउनु पर्दछ । अपाङ्ग बालबालिकालाई लक्षित गरेर विभिन्न संचार माध्यमहरु द्वारा अभिमुखी र ब्यवहारिक कार्यक्रमहरु सुचारु गर्यौ भने सामाजिक परिबेशको बारेमा बोध गराउन सहज हुन्छ र बालबालिकाको ब्यक्तित्व बिकासमा टेवा पुग्दछ ।

समग्रमा अन्तर्राष्ट्रिय सन्धी, राष्ट्रिय संविधान र ऐनहरुलाई पुर्ण रुपमा कार्यान्वयन गरि शिक्षामा रहेको अराजकता हटाई सम्पुर्ण बालबालिकाहरुलाई समान शिक्षाको पहुँचमा ल्याउनु पर्दछ । दिगो विकास र सह्रशाब्दी लक्ष्यलाई पूरा गरि आर्थिक बिपन्नता र गरिबी निर्मुलिकरण गर्नुपर्छ । यि उपायहरू कार्यान्वयन गर्ने हो भने शोषण र अपाङ्ग भयर पनि मदन पुरुस्कार बिजेता झमक धिमिरे जस्ता हजारौं प्रतिभावान व्यक्ति जन्मिन सक्दछन् । जसरी घर बलियो बनाउन जग बलियो बनाइन्छ तेसरी नै मानवको सुनौलो जीवन बनाउन वाल्यावस्था सवल र स्वतन्त्र बनाउनु पर्छ । जबसम्म शीस्टी प्रक्रियाका समान सहयात्री बालबालिकाहरुलाई समान अवस्थामा राखिदैन तबसम्म युगले पाएको उपलब्धि स्थिर नहुने कुरा मान्न सकिन्छ ।

लेखक दिपेन्द्र भट्ट बाल अधिकारकर्मी हुन् ।

टिप्पणीहरू
Loading...