पहलमानपुर, ३ चैत ।। कैलालीको घाेडाघाेडीमा एक दिने बालअधिकार, बालबिवाह तथा छोटो विवाह र सुरक्षित गर्भपतन सम्बन्धि अभिमुखीकरण कार्यक्रम शुक्रवार सम्पन्न भएकाे छ । उज्यालाे नेपाल यूवा क्लवकाे आयाेजना तथा राष्ट्रिय किशाेर संजाल र सरैया स्वास्थ्य सेवा केन्द्रकाे संयुक्त सहकार्यमा साे अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे हाे ।
घाेडाघाेडी नगरपालिका वडा नं. ५ देउकलियामा रहेकाे राष्ट्रिय माध्यमिक विद्यालयमा संचालित अभिमुखिकरण कार्यक्रमकाे प्रशिक्षण राष्ट्रिय किशोर संन्जालका केन्द्रीय अध्यक्ष विजय जोशि र सरैया स्वास्थ्य सेवा केन्द्र बनखेतका चक्र चौधरीले गरेका थिए ।
उज्यालो नेपाल युवा क्लव अध्यक्ष सुदिप बास्ताेलाकाे सभापतित्वका भएकाे कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय माध्यमिक विद्यालय प्रधानाध्यापक सुरेन्द्र बम र विशिष्ट अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिद्दराज भट्ट रहेका थिए । यस्तै कार्यक्रममा समाजसेवी, बुद्धिजीवी संघ, संस्थाका प्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावकहरुको सहभागीता रहेको थियो ।
उक्त कार्यक्रममाको सञ्चालन उज्यालो नेपाल युवा क्लवका सचिव केशव बोहराले गरेका थिए ।
