कठरिया सन्देश

२० फाल्गुन २०८०, आईतवार

  • gold Teach Computer
    gold Teach Computer
  • बाघबाट सुरक्षा माग गर्ने स्थानीयमाथि प्रहरीले चलायो गोली, एक किशोरीको मृत्यु

    बाघबाट सुरक्षा माग गर्ने स्थानीयमाथि प्रहरीले चलायो गोली, एक किशोरीको मृत्यु
    Spread the love

    बर्दिया, २४ जेठ ।। समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिन माग गर्दै सडक अवरोध गरेर प्रदर्शनमा उत्रिएका सर्वसाधारण र प्रहरीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । सडक खुलाउन लाग्दा भएको झडपमा गोली लागेर घाइते मधुवन–२ की १८ वर्षीया नवीना चौधरीको मृत्यु भएको छ । काखीमुनि गोली लागेका राकेश चौधरीको उपचार भइरहेको छ ।

    एसपी वीरबहादुर शाहीका अनुसार स्थानीयको ढुंगामुढाबाट प्रहरीतर्फ ९ जना घाइते छन् । बर्दियाका वन्यजन्तुपीडितले सोमबार बिहानैदेखि सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका हुन् । साँझ ६ बजे ओराली बजारमा झडप भएको हो । समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिन पटक–पटक आग्रह गरे पनि सुनुवाइ नभएपछि स्थानीय बासिन्दा सडकमा उत्रिएका हुन् ।

    प्रहरीले सडकमा प्रदर्शन नगर्न आग्रह गरे पनि प्रदर्शनकारी सोमबार बिहानैदेखि सडकमा मोर्चा कसेर बसेका थिए । वनका प्रमुख र प्रमुख जिल्ला अधिकारीले प्रतिबद्धता नजनाएसम्म सडक जाम नखोल्ने भन्दै उनीहरूले प्रदर्शन गरिरहेका थिए । भीड नियन्त्रणमा लिन प्रहरीले लाठी प्रहार, १० राउन्ड अश्रुग्यासका साथै गोली चलाएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले बताए । प्रदर्शनकारीले ढुंगा हान्न नरोकेपछि प्रहरी गोली चलाउन बाध्य भएको उनले बताए ।

    स्थानीयवासी खगेन्द्रबहादुर शाहीले भने शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले एक्कासि निर्मम आक्रमण गरेको दाबी गरे । प्रहरीको लाठी र अश्रुग्यासबाट दर्जनभन्दा बढी प्रदर्शनकारी घाइते भएको उनले बताए । शाहीले समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिन पटक–पटक आग्रह गरेको दुई साता बितिसक्दा पनि वास्ता नगरेकाले बाध्य भई सडकमा उत्रिनुपरेको सुनाए ।

    ‘गोली नै चलाउनुपर्ने अवस्था थिएन,’ स्थानीयवासी सुरेश पन्थले भने, ‘प्रहरीको ज्यादती भयो । वन्यजन्तुपीडितमाथि प्रहरीले थप पीडा थपेको छ ।’ स्थिति तनावपूर्ण देखिएपछि अहिले त्यहाँ थप प्रहरी बल तैनाथ गरिएको छ । गाउँगाउँबाट ठूलो संख्यामा मानिसहरू ओराली बजारमा भेला हुन थालेको स्थानीयले बताएका छन् ।

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 6026465656565656565

    ब्यवस्थापक :- अर्जुन कठरिया

    प्रकाशक :- राजेन्द्र कठरिया

    प्रधान सम्पादक :- टिआर कठरिया

    © 2024 Copyright: Dahit Group PVT.LTD