Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

बर्दगोरिया १ मा माओवादी केन्द्रको निर्वाचन बिशेष प्रचारप्रसार कार्यक्रम सम्पन्न

0 75

पहलमानपुर, २३ बैशाख ।। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं. १ स्थित उत्तर मुडामा नेकपा (माओवादी केन्द्र) को आसन्न स्थानिय तहको निर्वाचन बिशेष छलफल तथा प्रचारप्रसार कार्यक्रम सम्पन्न भएको छ ।

सो छलफल कार्यक्रममा नेकपा (माओवादी केन्द्र) बाट २०७४ सालको निर्बाचनमा बर्दगोरिया गाउँपालिका वडा नं. १ बाट वडा सदस्यका उम्मेदवार रहेका मनोज बिटालुले विगतको निर्बाचनमा हार ब्यवहोर्नका कारणको बारेमा समिक्षा गरेका थिए । हामीले जित्ने चुनावमा केहि आफ्नै पार्टीका कार्यकर्ताहरुको कमि, कमजोरीले गर्दा हार ब्यवहोर्नु परेको थियो तर अब त्यो गल्ती नदोहोर्‍याउने प्रण गरे ।

त्यसै गरि गठबन्धनका तर्फबाट उपाध्यक्ष पदका उम्मेदवार गणेश राज गिरी (लालदिप), अध्यक्षका उम्मेदवार शेर बहादुर कठरिया (अमर) ले संयुक्त रुपमा आफ्नो तर्फबाट शिक्षा, स्वास्थ्य, सडक, प्राबिधिक शिक्षाका लागि नयाँ नयाँ उद्योग स्थापनाका लागि पहल गर्ने र पालिका स्तरिय रिंगरोडको प्रतिबर्द्धता गरेका छन् ।

यस्तै वडा अध्यक्षका उम्मेदवार रामकुमार कठरियाले पार्टीले बिश्वास गरेर फेरि पनि टिकट दिएकाले यस पटक भारी मतले विजय गराउन अनुरोध गरे साथमा वडाको विकासका लागि रातदिन जनताको सेवामा खटिरह्ने प्रतिबर्द्धता गरे ।

amale final
School
टिप्पणीहरू
Loading...