Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

बर्दगोरिया स्थित आर. एन. सि. ट्रेडिङ्ग बन्द गर्न माग गर्दै नेकपाले निकाल्यो विज्ञप्ति

0 99

पहलमानपुर, १६ फागुन ।। नेपाल कम्युनिष्ट पार्टीले कैलालीको बर्दगारियामा रहेको आर. एन. सि. ट्रेडिङ्ग प्रा.लि. नामक संस्था बन्द गर्न माग गरेको छ । प्रतिबन्धित पिरामिड शैलिको नेटवर्किङ्ग ब्यवसाय गरि सर्वसाधारणहरुलाई झुक्याईरहेको भन्दै मंगलवार पार्टीले एक प्रेस विज्ञप्ति जारी गर्दै सो माग रहेको हो ।

संस्थाले बेरोजगार युवा युवतीहरुलाई ट्रेडिङ्गको नाममा आर्थिक शोषण गर्नुका साथै प्रतिबन्धित कार्यमा संलग्न गराएको भन्दै हाम्रो पार्टीमा जनगुनासो आएको थियो । सो विषयमा पार्टीले जानकारी लिन जाँदा संस्थाले आफ्नो काम, कर्तब्य र अधिकारको दायरामा रहेर कार्यसम्पादन नगरेको पाईएको छ विज्ञप्तिमा भनिएको छ ।

विगत देखि नै नेटवर्किङ्ग व्यवसायले कयौं मानिसहरुको उठिबास बनाईएको हुँदा उक्त ट्रेडिङ्ग सेन्टरलाई कानुनी दायरामा ल्याई यथाशिघ्र जनता लुट्ने ब्यवसायलाई बन्द गर्न सम्बन्धित निकायलाई माग गरिएको छ । यसका साथै सयौंको संख्यामा बेरोजगार युवाहरुलाई संलग्न गराई उनिहरुको भविष्य माथि खेलाड गर्ने कार्य तत्काल नरोकिए जनताको न्यायका लागि जस्तो सुकै मुल्य चुकाउन समेत पछि नहट्ने नेपाल कम्युनिष्ट पार्टीका आर्यन बिरु सी द्धारा जारी बिज्ञप्तिमा भनिएको छ ।

334287443 861869241574871 3304510543533638629 n
School
टिप्पणीहरू
Loading...