बर्दगोरियाका अपांगता भएका नागरिकलाई कोरोना विरुद्धको खोप दिइयो
कैलाली, १७ कार्तिक ।। कर्डएड, लुथरन विश्व फेडरेसन नेपाल, दिगो विकास समाज भजनी र सर्वाङ्गीण अपांगता विकास समाज नेपालको सयुक्त साझेदारी, बर्दगोरिया गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा पूर्ण अशक्त र अति अशक्त अपांगता भएका नागरिकहको घर दैलोमा नै गई कोरोना विरुद्धको खोप लगाइएको छ।
खोप अभियान पालिकाका ६ वटै वडामा बुधबार सम्पन्न भएको उक्त कार्यक्रमका प्राबिधिक सहजकर्ता नन्दराज भट्टले बताए । बर्दगोरियामा ३ दिनसम्म खोप अभियान चलाएर २०० जना अपांगता भएका नागरिक, एकल महिला र जेष्ठ नागरिकलाई खोप लगाइएको हो । गाउँपालिकाले खोप अभियान चलाएकोमा सम्बद्ध संस्थालाई धन्यवाद दिएको छ।