Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

बझाङ जान लागेकाे जिप दुर्घटना हुँदा छ जनाको ज्यान गयो

0 24

बैतडी, २९ चैत ।। बैतडी र बझाङ जिल्ला जोड्ने जयपृथ्वी मार्गको खोड्पे विन्द्रावन सडक खण्डको झौलेक भिरमा जिप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्यु भएको छ। पाँच जना हाम फालेर बाँच्न सफल भएका छन्।

पाटन नगरपालिका वडा नम्बर ८, झौलेक गाउँ जाने बाटो नजिक भीरबाट दुर्घटना भएको जिप करिब पाँचसय मिटर तल खसेको छ । घटनास्थलमा बैतडीका प्रमुख जिल्ला अधिकारी शुरेस पन्थी सुरक्षाकर्मीसहित पुग्नु भएको छ।

झुलाघाटबाट बझाङको बागथलातर्फ गइरहेको से १ ज ७६४ नम्बरको भण्डारी ट्राभल्स लेखेको जिप राति ११ : ०० बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर मृत्यु हुनेमा बझाङको केदारस्यु गाउँपालिका वडानम्बर ५, का मने बोहरा (६० वर्ष) गोरख बोहरा (३५ वर्ष) नरे बोहरा (४० वर्ष) विर्ख धामी (४५ वर्ष) मानबहादुर धामी (४५ वर्ष) वीरे धामी (४५ वर्ष) को मृत्यु भएको छ। मृतक सबै बझाङका हुन्।

जिपको पछाडि सवार पाँचजना हाम फालेर बाँच्न सफल भएको प्रहरीको भनाई छ । जिपमा चालक अर्जुन बोहरा सहित १२ जना रहेको बताइएको छ । चालक भने सम्पर्कमा छैनन् ।

झौलेक मोड काटेर खोलाको ठाडो घुम्तीको उकालोमा जिप अगाडि बढ्न नसकेर पछाडि धकेलिएको बताइएको छ। प्रहरी घटनास्थलमा पुगेको छ ।

School
टिप्पणीहरू
Loading...