कैलाली, ५ असार ।। बझाङको केदारस्युँ गाउँपालिकामा भएको जिप दुर्घटनामा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वी बहादुर सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजू जानकी सिंहको ज्यान गएको हो । मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१–००१ झ ४८० नम्बरको जिप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको हो ।
दुर्घटनामा गम्भीर घाइते मन्त्री सिंहसहित जिप चालक धर्मराज जोशी र सुरक्षा गार्ड दीपक भण्डारीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत नेपालगन्ज लैजान लागिएको प्रहरीले जनाएको छ ।
