Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

प्रेस युनियनको केन्द्रीय सदस्यमा यज्ञराज जोशीको उम्मेदवारी घोषणा

0 68

काठमाडौं, , २४ असार ।। नेपाल प्रेस युनियनको खुला केन्द्रीय सदस्यमा यज्ञराज जोशीले उम्मेदवारी घोषणा गरेका छन् । एक दशकभन्दा लामो समयदेखि नेपाल प्रेस युनियनको क्रियाशील सदस्य रहेका जोशीले खुला केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन्।

प्रेस युनियन कैलालीका पूर्व जिल्ला सदस्यसमेत रहेका जोशीले मर्यादित पत्रकारिता विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताए। जोशीले उम्मेदवारी घोषणा गर्दै आफू सधैँ प्रेस स्वतन्त्रताको पक्षमा रहने बताएका छन्। ‘म सधैँ प्रेस स्वतन्त्रताको पक्षमा रहने छु। श्रमजीवी पत्रकारका पेसागत समस्या समाधानका लागि सधैँ आवाज वुलन्द पारिरहने छु। आफू पनि लेख्ने र लेख्ने कै पक्षमा रहन छु,’ उनले भने।

प्रशिक्षित र सवै अट्ने युनियनको पक्षमा वकालत गर्नेसमेत जोशीले बताए। उनले युनियनको एक पदमा एक पटक मात्रै उठ्ने र पूर्ण कार्यकाल मात्र रहने बताए। ‘काम गर्न धेरै समय पद ओगटी रहनुपर्छ भन्ने छैन। म एक पदमा एक पटक मात्रै उठ्ने छु र आफ्नो कार्यकाल सकिएको दिन समयमै युनियनले महाधिवेशन गर्न नसके नेतृत्वलाई दवाव दिन पदबाट राजीनामा दिने छु,’ उनले भने।

आज मर्यादित र भएरहित पत्रकारिताको आवश्यकता रहेकाले युनियनमा रहेर आफूले त्यसकै लागि पहल गर्ने जोशीको भनाइ छ। ‘युनियनलाई पारदर्शी, व्यवस्थित र प्रेस स्वतन्त्रताको पहरेदार संस्थाका रुपमा स्थापित गर्न नेतृत्वलाई मेरो सधै साथ रहने छ। कुनै अप्ठ्यारोमा परेका पत्रकारको पक्षमा पनि म सधैँ रहने छु,’ जोशीले भने।

उनी करिव एक दशक कैलालीमा पत्रकारिता गरेर विगत सात वर्षदेखि काठमाडौंका मेन स्टिम सञ्चार माध्यममा कार्यरत छन्। जोशीले नागरिक न्युज, नेपाल न्युज, आयोमेल डटकम, हेल्थपोस्ट नेपाल डटकमलगायत सञ्चारमाध्यममा काम गरिसकेका छन्। हाल उनी नेपाल समय डटकममा कार्यरत छन्।

School
टिप्पणीहरू
Loading...