Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

प्रेम आचार्यको परिवारलाई सन नेपाल लाइफले गर्यो ५० लाख दावी भुक्तानी

0 91

काठमाडौं, २५ माघ ।। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बानेश्वरमा आत्मदाह गरेका प्रेम प्रसाद आचार्यको आश्रित परिवारलाई ५० लाख १२ हजार १९४ रुपैयाँ दावी भुक्तानी गरेको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा गराएका उनको दावी भुक्तानी दिनुपर्ने बीमा पोलिसीको शर्त बमोजिम बीमा दावी रकम भुक्तानी गरिएको कम्पनीले जनाएको छ । कम्पनीले ५० लाख बीमा बापतको रकम र १२ हजार १९४ रुपैयाँ बोनस समेत थप गरी मृतककी श्रीमती नानुका अधिकारीको नाममा चेकमार्फत रकम हस्तान्तरण गरेको हो ।

prem acharya

कम्पनीले आचार्यको निधन भएको १४ दिनमै दावी भुक्तानी गर्न सफल भएको हो ।

School
टिप्पणीहरू
Loading...