Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

प्रधानमन्त्री प्रचण्ड आज सुदूरपश्चिम आउँदै

0 57

कैलाली, १ फागुन ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज सुदूरपश्चिम प्रदेश आउन लागेका छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि उनी पहिलो पटक सुदूरपश्चिम आउन लागेका हुन् । बिहान ८ः३० बजे नेपाली सेनाको जहाजबाट प्रधानमन्त्री धनगढी आउन लागेका हुन् । त्यो भन्दा पहिले उनी पेरिस डाँडामा जनयुद्ध दिवसको कार्यक्रममा सहभागी हुने छन् ।

१० बजे धनगढी पुग्ने र १०ः४५ सम्म गेटा स्थित मेडिकल कलेजको निरीक्षण गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि प्रधानमन्त्री महेन्द्रनगर प्रस्थान गर्ने छन् । महेन्द्रनगरमै खाना खाने र त्यसपछि सुख्खा बन्दरगाह,महाकाली पुल,महाकाली कोरिडोरको निरीक्षण अवलोकन र छलफल गरेर महेन्द्रनगर फिर्ता हुने जनाइएको छ ।

२ः३० बजे जनयुद्ध दिवसको अवसरमा जिल्ला पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने र २ः४५ मा कञ्चनपुर महोत्सवमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आजै ४ः३० मा धनगढी विमानस्थल पुग्ने र काठमाडौँ फर्किने प्रधानमन्त्री प्रचण्डको तयारी रहेको छ ।

यस्तो छ भ्रमण तालिका

330640769 2448706041971563 7097982811693411141 n.jpg? nc cat=103&ccb=1 7& nc sid=ae9488& nc ohc=xi7j9Q5qtRcAX9Pq Kt& nc ht=scontent.fkep3 1
School
टिप्पणीहरू
Loading...