धनगढी, २४ चैत/ प्रधानमन्त्री शेरबहादुर देउवाको धनगढी आउने कार्यक्रम स्थगित भएको छ । देउवा धनगढी आएर सुदूरपश्चिम ट्राभर मार्ट, सिटी हलको उद्घाटन गर्ने र धनगढीका भुमिहिनलाई लालपुर्जा बितरण गर्ने कार्यक्रम रहेको थियो ।
प्रधानमन्त्री देउवाको अहिले पछिल्लो राजनीतिक व्यस्तथा, गठबन्धन दल बिच छलफलमा व्यस्त रहेकाले धनगढी आउने कार्यक्रम रद्ध भइको प्रधानमन्त्रीका प्रमुख स्वकिय सचिव भानु देउवाले सुदूरपत्र अनलाईनलाई जानकारी दिए । ‘धनगढी आउने कार्यक्रम थियो’ प्रमुख स्वकिय सचिव देउवालेले भने–‘गम्भीर राजनीतिक छपलफल छोड्न नमिल्ने भयो ।’