Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

प्रचण्डलाई बधाई दिंदै बाबुरामले भने ‘अब जनक्रान्तिका उपलब्धि संस्थागत हुने विश्वास गरेको छु’

0 63

काठमाडौं, ११ पौष ।। नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पूर्व सहकर्मी डा. बाबुराम भट्टराईले बधाई दिँदै सहकार्यको प्रस्ताव अघि सारेका छन् । 

आज बिहान खुमलटार पुगेर डा भट्टराईले तेस्रो कार्यकाल सफलताको कामना व्यक्त गरे । पत्नी हिसिला यमीसहित खुमलटार पुगेका भट्टराईले अब जनक्रान्तिका उपलब्धि संस्थागत हुने विश्वास पनि व्यक्त गरे । 

प्रचण्डसँग भेटपछि डा भट्टराईले लेखेका छन्  -‘क. प्रचण्ड तेस्रो कार्यकालका निम्ति देशको प्रधानमन्त्री बन्नुभएकोमा हार्दिक बधाई तथा पूर्ण सफलताको शुभकामना ! क्रान्तिको बाटो बांगोटिंगो र अनिश्चयले भरिपूर्ण भएकाले जीवनको अन्तिम कालखण्डमा हामीले सम्पन्न गरेको जनक्रान्तिका उपलब्धिहरू संस्थागत गर्दै देशलाई समृद्ध बनाउन सहकार्य गरौँ !’

School
टिप्पणीहरू
Loading...