काठमाडौं, २४ माघ । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। गए राति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको हो। पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँका दरले बढाएको हो ।
यससँगै पेट्रोल प्रतिलिटर १७८, डिजेल र मट्टितेल प्रतिलिटर १७५ रुपैयाँ पुगेको छ। यसअघि पेट्रोल प्रतिलिटर १७५ तथा डिजेल र मट्टितेल प्रतिलिटर १७२ मा बिक्री गरिँदै आएको थियो। भारतबाट पेट्रोल, डिजेल, मट्टितेलको मूल्य बढेर आएकाले नेपालमा पनि बढाउनु परेको निगमले जनाएको छ ।
जतर, हवाई इन्धनको मूल्य भने यथवात राखेको छ। त्यस्तै, एलपी ग्यासको मूल्य भने घटेर आएको छ। तर, निगमले तत्काल एलपी ग्यासको मूल्य भने नघटाइने जनाएको छ। यसअघि पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र एलपी ग्यासको मूल्य पटकपटक घटेर आएको भए पनि घटाएको थिएन। नेपाल सरकार र भारतीय आयल कर्पोरेशन लिमिटेडलाई १६ अर्ब ३० करोड तिर्न बाँकी रहेको निगमले जनाएको छ।
