Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

पालिका सँग बालबालिका कार्यक्रम कैलारी गाउँपालिकामा सम्पन्न

0 104

मसुरिया, २१ भदौं ।। कैलालीको कैलारी गाउँपालिकामा पालिकासँग बालबालिका संवाद कार्यक्रम गरिएको छ । कार्यक्रममा बालबालिकाले गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षसँग ८ नम्बर वडा कार्यालयमा संवाद गरेका छन् ।

कार्यक्रममा बालबालिकाहरुले लागु औषध बढ्दो प्रयोगको नियन्त्रण, बाल श्रम निषेध, विपन्न बालबालिकालाई पढाई निरन्तरता र बालिकाले विद्यालय छोडने गरेको, अभिभावकले बालबालिकाका क्रियाकलापमा ध्यान नदिएको, बालबालिकाको लागि बजेट विनियोजन प्रकृया, बालदिवस, बालिका आत्मरक्षा, बाल मनोपरामर्शका साथै जोखिममा रहेका बालबालिकाको सुरक्षा बारेमा जिज्ञासा राखेका थिए ।

बालबालिकाका जिज्ञासाको जवाफ दिदै कैलारी गाउँपालिका उपाध्यक्ष भगवती कुमारी चौधरीले बजेट निर्माणमा बालबालिकाको सवाललाई गम्भीरता पुर्वक समावेश गर्ने, लागुऔषध, बालविवाह, बालश्रम मुक्त गाउँपालिका बनाई हरेक सार्वजनिक सरोकारको विषयगत छलफल बैठकमा बालबालिकाको सहभागिता सुनिश्चित गर्दै ५ बर्ष भित्र बालमैत्री गाउँपालिका बनाउने गरि कार्ययोजना बनाई लागू गरिने बताउनु भएको छ ।

वडा नं ८ का अध्यक्ष तारामल कठरियाले लागुऔषध सेवन गर्ने बालबालिकाको संख्यामा वृद्धि भैरहेकोले यसलाई न्यूनीकरण गर्न विद्यालय तथा समुदाय तहमा जनचेतनामुलक कार्यक्रम गर्ने, बालिकाको लागि आत्मरक्षा र हिंसा विरुद्धको सचेतना कार्यक्रम संचालन गर्ने बताउनुभयो ।

वडा अध्यक्ष कठरियाले मोबाइल प्रविधिको गलत प्रयोग र देखासिकीले बालबालिका कुलत, कुसंस्कार र असामाजिक क्रियाकलापमा संलग्न भएको पाइएको उल्लेख गर्दै असल अभिभावकत्वको अभाव रहेको बताएका थिए । वडा नं ८ का अध्यक्ष तारामल कठरियाको अध्यक्षतामा गरिएको कार्यक्रममा बाल कल्याण संघ टीकापुरका सामाजिक परिचालक प्रकाश बिष्टले कार्यक्रमको उद्देश्य बारे जानकारी दिएका थिए ।

पत्रकार घनश्याम पौडेलले सहजिकरण गरेको कार्यक्रममा बाल कल्याण संघ टीकापुरले छनोट गरेका २५ जना बालबालिकाहरुको सहभागीता रहेको थियो । संवाद कार्यक्रम बाल कल्याण संघ टीकापुर, वर्ल्ड भिजन नेपालको आर्थिक तथा प्राविधिक सहयोग र आयोजनामा भएको थियो ।

School
टिप्पणीहरू
Loading...