कैलाली, ३० फागुन ।। सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले पार्टीको नीति र कार्यकर्ताको हित विपरीत काम नगरेको बताएका छन् । धनगढीमा राजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले सरकारमा बसे पनि आफ्नो दायित्व पार्टीसँग सहकार्य, सबै कार्यकर्ता र जनताको भावना अनुसार काम गर्ने रहेको बताएका हुन् ।
‘पार्टीको निर्देशनमा अगाडी बढ्ने कुरा हो,’ उनले भने । ‘जनताको भावना अनुसार प्रदेशमा नीतिगत लगायतका समस्याले काम गर्न सकिएको छैन होला,’ उनले भने,’तर पार्टीको नीति र विधिभन्दा बाहिर गएर कुनै पनि प्रदेश भन्दा कम काम गरेको छैन ।’
‘पार्टी भित्र नेतृत्वको वरपर मात्रै घुमेर पार्टी बन्ने हुँदैन फिल्डमा गएर पार्टी बन्छ । जो कार्यकर्ता फिल्डमा जान्छ त्यहीँ कार्यकर्ता सर्वश्रेष्ठ हो । तर आज हाम्रो पार्टीमा वरपर घुम्नेको बाहुल्यता बढी छ तर फिल्डमा काम गर्नेको बाहुल्यता छैन,’ उनले भने ।
