पहलमानपुर, २० भदाैं ।। कैलालीको घाेडाघाेडी नगरपालिका वडा नं. ११ सिसैयामा रहेकाे पहिचान यूवा क्लवले विविध खेलकुद तथा रमाइलो कार्यक्रम गरि श्रीकृष्ण जन्माष्टमी मनाएकाे छ । साे क्लवले बुधवार गाउँमा घैंटाफाेर, पाईप चढ्ने (पुरुष), डाेरी तान्ने(महिला), खुल्ला हाजरीजवाफ र बाल खेल आयाेजना गरेकाे हाे ।
उक्त कार्यक्रम अन्तरगतकाे घैंटाफाेर खेलमा सिसैयाका युवा प्रदिप कठरिया, पाईप चढ्नेमा प्रवेश चाैधरी, डाेरी तान्नेमा ‘बि’ समूह लगायत अन्य बिजेता भएका हुन् ।बिजेताहरुलाई घैंटाफाेर, पाईप चढ्ने र डाेरी तान्नेमा १ हजार ५ रुपैंयाँ, हाजरीजवाफ र बालखेलमा विविध पुरुस्कार प्रदान गरिएकाे थियाे ।
पहिचान युवा क्लवका अध्यक्ष टीआर कठरियाकाे अगुवाईमा भएकाे कार्यक्रममा खेलाडीहरुलाई निशुल्क सहभागीताकाे ब्यवस्था मिलाईएकाे थियाे । कार्यक्रममा १५० भन्दा बढिकाे उत्साहजनक सहभागीता रहेकाे थियाे । पहिचान यूवा क्लवले पछिल्लो समय निरन्तर रुपमा सामाजिक कार्यहरु गर्दै आएकाे छ ।
