Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

पहलमानपुरमा वडा सँग बालबालिका संवाद कार्यक्रम सम्पन्न 

0 57

कैलाली, ११ फागुन ।।  कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरमा वडा सँग बालबालिका संवाद कार्यक्रम सम्पन्न भएको छ । वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहयोग र बाल कल्याण सङ्घ टिकापुरको आयोजनामा संवाद कार्यक्रम भएको थियो । कार्यक्रममा बालबालिकाले वडा अध्यक्ष, सदस्य र शिक्षक सँग संवाद गरीएको थियो ।

1677057573

कार्यक्रममा सहभागी बालबालिकाहरूले बालबालिकाको क्षेत्रमा बजेट विनियोजन प्रकृया, बालिका आत्मरक्षा, बाल मन परामर्श, लागु औषध प्रयोगको न्यूनीकरणका साथै जोखिममा रहेका बालबालिकाको सुरक्षा, विद्यालयमा बाल मैत्री शासन किन हुन सकेन, विद्यालयमा गुनासो समिति भए पनि गुनासो सम्बोधन किन हुन सकेन भन्ने बारेमा जिज्ञासा राखेका थिए । 

बालबालिकाहरूको जिज्ञासाको जवाफ वडा अध्यक्ष विजयराज स्वारले जबाफ दिएका थिए । बालबालिकाको सवालका विषयमा आफू गम्भीरता पूर्वक लागेको र बालबालिकाको बजेट विभिन्न कारणले कार्यान्वयन हुन सकेको उनले बताए । त्यो बजेट बालबालिकाको क्षमता अभिवृद्धि देखी दिएर गाउँ गाउँमा जनचेतनामूलक कार्यक्रम गर्ने उनले बताए ।

वडा भित्रमा जोखिममा परेका बालबालिकाहरूको पहिचान भएको खण्डमा आफूले पाउने सेवा सुविधाको रकम बाट आवश्यकता हेरेर उनीहरूमा लगानी गर्ने वडा अध्यक्ष विजयराज स्वारले बताए । विद्यालयमा भएको गुनासो समितिलाई प्रभावकारी बनाउने उनले बताए । कार्यक्रममा वडा सदस्य, शिक्षक, रूपान्तर कक्षका सहभागीहरू, साथी शिक्षक,दर्ता भएका बालबालिका, बाल क्लब लगायत विभिन्न बालबालिकाहरूको सहभागिता रहेको थियो ।

zero emission ride n poster 1
School
टिप्पणीहरू
Loading...