कठरिया सन्देश

२० फाल्गुन २०८०, आईतवार

  • gold Teach Computer
    gold Teach Computer
  • बनडढेलोबाट जोगाउन पशुपति सामुदायिक वन क्षेत्रमा अग्नी रेखा निर्माण

    बनडढेलोबाट जोगाउन पशुपति सामुदायिक वन क्षेत्रमा अग्नी रेखा निर्माण
    Spread the love

    राजेन्द्र कठरिया, ३ बैशाख ।। कैलालीको घोडाघोडी नगरपालिका वडा नं. ११ सिसैयामा रहेको पशुपति सामुदायिक वन क्षेत्रमा गर्मीयाममा हुन सक्ने बनडढेलोबाट जोगाउन अग्नी रेखा निर्माण गरिएको छ ।

    साे सामुदायिक बनका कार्यसमिती, अनुगमन समिती, सल्लाहकार समिती सदस्यहरुकाे सहभागिता तथा सहयाेगमा अग्नि रेखा निर्माण गरिएको हाे । बर्षेनी गर्मि माैसम लागे सँगै जंगलमा डढेलाे लागेर जंगलमा रहेका साना साना बाेट बिरुवाहरु तथा जंगलि जीबजन्तु जलेर जंगलमा ठुलाे हानी नाेक्सानी हुने गर्दछ ।

    सोहि जाेखिमलाई मध्यनजर गर्दै बन जंगललाई डढेलाे लाग्नबाट जाेगाउन अग्नि रेखा तथा फरलाइन सरसफाईकाे कार्य गरिएकाे साे बनका अध्यक्ष बालकराम कठरियाले जानकारी गराए । यस प्रकारकाे सरसफाई कार्य बर्षेनी गरिदै आएकाे तथा कार्यसमितिका सदस्यहरु समय समयमा जंगलमा गई निरिक्षण तथा अनुगमन समेत गर्ने गरेकाे साे वनका सचिव जानकी कठरियाले बताए ।

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 6026465656565656565

    ब्यवस्थापक :- अर्जुन कठरिया

    प्रकाशक :- राजेन्द्र कठरिया

    प्रधान सम्पादक :- टिआर कठरिया

    © 2024 Copyright: Dahit Group PVT.LTD