Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

पल शाहलाई सर्वोत्कृष्ट नायकको अवार्ड

0 73

काठमाडौँ, २८ चैत । नाबालिग किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा तनहुँमा जेल भोगिरहेका अभिनेता पल शाहले सर्वोत्कृष्ट नायकको अवार्ड पाएका छन्। त्यस्तै, सर्वोत्कृष्ट नायिकाको अवार्ड पूजा शर्माले पाएकी छन्।

शाह र शर्माले ‘म यस्तो गीत गाउँछु- २’ बाट सर्वोत्कृष्ट नायक र सर्वोत्कृष्ट नायिकाको अवार्ड जितेका हुन्। सोही चलचित्रबाट सुदर्शन थापाले पनि सर्वोत्कृष्ट निर्देशकको अवार्ड जितेका हुन्। वर्षको उत्कृष्ट चलचित्र पनि ‘म यस्तो गीत गाउँछु- २’ नै घोषित भएको छ।

चलचित्र विकास बोर्डमा सोमबार आयोजित एक कार्यक्रममा सर्वोत्कृष्ट नायक र नायिकाको अवार्ड दिइएको हो। त्यस्तै, सोही चलचित्रबाट  आज बाँडिएको बक्स अफिस फिल्म अवार्डमा पल सर्वोत्कृष्ट नायक ठहरिएका हुन् । समारोहमा सहभागी नायिका पूजा शर्मा र निर्देशक सुदर्शन थापाले जेल परेका पललाई ‘मिस’ गरेको बताए।

School
टिप्पणीहरू
Loading...